नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ‘११औं अधिवेशन’ मे २१ मा हुने

कोरियाअपडेट समाचार

बिक्रम बज्यू 

दक्षिण कोरिया 

तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन’ मे २१ मा सिऊलमा गर्ने भएको छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष रबि योन्जन तामाङले कामदार दैनिक मार्फत तपाइ हाम्रो गौरबमय इतिहास बोकेको संस्था नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको 11 औं अधिवेशन यहि मे 21 तारिख हुने भएकोले घेदुङ्प्रति चिन्ता, चासो र सुभेच्छा राख्नुहुने बुद्विजिवी,समाजसेवी,अभियान्त,पत्रकार, ब्यबसयी बिध्यार्थी,बिभिन्न पेशामा आबद्व कोरियाबासी तामाङ दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपश्थितिको लागी नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेका छन्।

घेदुङ दक्षिण कोरियाले वेला-वेलामा खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु पनि गर्दै आएको छ। यस अघिनै दक्षिण कोरिया ख्याङ्सान बुसान शाखा र जेजु शाखाका अधिवेशनहरु सम्पन्न गरिसकेका छन्।

मिति : 21 मे २०२३
थान : निक ट्राभलको सभाहल दोङ्देमुन, सौल
समय : दिउसो 12 बजे देखि
सम्पर्क : 010-3906-8812 ( रबि लामा) / 010-9005-3786( शुभराज भोम्जन) / 010-9402-8992 ( दावा फिन्जो तामाङ)

Facebook Comments Box