नेपाल मगर संघ,गणतन्त्र कोरिया को ११औं अध्यक्षमा तुल घर्ती मगर सर्वसम्मत चयन

कोरियाअपडेट समाचार

बिक्रम बज्यू

दक्षिण कोरिया ।

नेपाल मगर संघ,गणतन्त्र कोरिया को ११औ अधिबेशनबाट अध्यक्षमा तुल घर्तीमगर (म्याग्दि ) र बरिस्ठ उपाध्यक्षमा तारा पुन मगर (दाङ ) चयन भएका छन्।,भने उपाध्यक्षमा धन बहादुर बुढामगर (रुकुम ) ,अन्जन थापामगर (गोर्खा ),प्रेम पुन मगर ( पर्वत ) र छबिन राना मगर (स्याङ्जा ) चयन भए त्यसैगरी महासचिवमा केशर रानामगर (गोर्खा ) ,सचिबमा सोम बुढामगर (गुल्मी ),पिएम ग्यामी मगर (पाँचथर ) र बिष्णु पुनमगर (रोल्पा ) चयन हुदा कोषाघ्यक्षमा भने दिल बलामी मगर ( बागलुङ ) चयन भए त्यसैगरी सदस्यहरूमा के बि सारुमगर (पाल्पा) , संगम रानामगर (तनहुँ ),सुस्मा थापा मगर (कास्की ),मनिषा खोजीमगर (कास्की ) ,मनिषा थापामगर ( स्याङ्जा ) ,अमृत आलेमगर ( धादिङ ),सुमन्त मगर (भोजपुर ),अनिल थापामगर (धादिङ ) ,होम बहादुर थापामगर ( कपिलवस्तु ) र बिरेन्द्र राहुमगर ( रुपन्देही ) चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा आदिवासी जनजाती महसंघका कार्यबाहक अध्यक्ष विसन राई र बिशेष अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद द.कोरिया (NRNA KOREA) का अध्यक्ष दिपक पुन मगर उपस्थिति थियो भने अतिथिहरुमा चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम , वोमन फर वोमनका अध्यक्ष पार्वती मोक्तान , गण्डकी प्रदेशका अध्यक्ष प्रवीण गिरी, बाग्मती प्रदेशका अध्यक्ष वि पि पौडेल , पूर्व अध्यक्ष रवि प्रताप घिसिङ र महासचिव सुरेश थिङ, जनसम्पर्क समितिका सभापति भजेन्द्र क्षेत्री तमू धीं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरुङ, काभ्रे सम्पर्क समिती द. कोरियाका निबर्तमान अध्यक्ष सानु लामा वाइवा गरि विभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box