एनआरएनए कोरियाको भावी नेतृत्वबारे पत्रकार महासंघ दक्षिण कोरियाले अन्तरक्रिया कार्यक्रम गर्दै

कोरियाअपडेट समाचार

गैर आवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ। बुधबार नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले एनआरएनए कोरियाको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजनाको मिति घोषणा गरेको हो।

 

कार्यक्रम आगामी अङ्ग्रेजी जुन महिनाको ११ तारिखमा हुने भएको छ। आगामी जुलाई ८ र ९ तारिखमा एनआरएनए कोरियाको नवौं अधिवेशन हुदैछ। पत्रकार महासंघ दक्षिण कोरियाले एनआरएनए कोरियाको अधिवेशनको पूर्वसन्ध्यामा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने गर्छ। सोहि अनुसार अधिवेशनकै पूर्वसन्ध्यामा पत्रकार महासंघ दक्षिण कोरियाले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको हो।

 

एनआरएनए कोरियाको नयाँ नेतृत्व को लागि हालसम्म विपिन गुरुङ, बुद्दी गुरुङ र सन्जिव राइले उम्मेदवारी घोषणा गरेका छन्।

 

कार्यक्रम आयोजना हुने स्थान र समय:-

 

समय: दिउँसो १२ बजे

 

स्थान: सौल ट्रेन लाइन नं. ५ सदेमुन स्टेसन गेट नं. ५

Facebook Comments Box