चर्चित समाजसेवी गिरिराज कुँवरले एनआरएनए कोरियाको उपाध्यक्षमा उम्मेद्बारी दिने

कोरियाअपडेट

सौल/ दक्षिण कोरीया 

गैर आवासीय नेपाली संघ (एनआरएनए)दक्षिण कोरियाको आसन्न महाधिवेसनमा प्रत्यक्षतर्फको उपाध्यक्ष पदमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व मानार्थ सदस्य गिरी बहादुर कुँवरले उम्मेद्वारी दिने भएका छन्।

कोरियाका वरिष्ठ समाजसेवी , कुशल राजनीतिज्ञ, सफल व्यवसायीका रुपमा परिचित कुँवर दक्षिण कोरियाको नेपाली समाजका एक रोल मोडल हुन्। एनआरएनए कोरियाको सल्लाहकार समेत रहिसकेका उनी पत्रकार महासंघ दक्षिण कोरिया , नेपाली सम्पर्क समितिका पदाधिकारी , नेपाली जनसम्पर्क समितिका पूर्व सभापति रहिसकेका छन् भने चितवन सम्पर्क समिति लगायत दर्जनौं संघसंस्थाको सल्लाहकार समेत रहेका छन।

सन् २००४ सालमा कोरियाले कर्मभूमि बनाएका कुँवर हाल सम्म आइपुग्दा आफ्नो सामाजिक सेवामा बेग्लै पहिचान बनाएका छन् ।उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुँवरले आगामी कार्यकालको लागि एजेन्डाहरु केही दिनमा पत्रकार सम्मेलनमा जानकारी गराउने बताए।

उनले आफ्नो कार्यकालमा एनआरएनए अभियानमा विदेशमा रहेका नेपालीहरुलाई अपनत्व महसुस गर्ने खालको एनआरएनए बनाउने उनको पहिलो योजना छ।

उनले आज सामाजिक सञ्जाल मार्फत एनआरएनए कोरियाको विषयमा आफ्नो धारणा प्रस्ट राखेका छन्।

यस्तो छ उनको विचार

“एनआरएन कोरिया, अधिवेशनको मुखमा छ । यो संस्थाले ईतिहास विर्सेको छ, योजना शुन्य छ , सेवा नगन्य छ , सामाजिक र कल्याणकारी हैसियत गुमाएको छ तर पनि यस्ता संस्थालाई वचाउनु, सामाजिक वनाउनु, अनवरत सेवामा लगाउनु तपाई हाम्रो कर्तव्य हो । अधिवेशनमा शान्त वसेर, अधिवेशन पश्चात सल्लाह, सुझाव, अर्ती उपदेश वा गाली गलौजको कुनै अर्थ छैन् त्यसैले तपाईको सहभागिता साधारण सदस्यताको हैसियतमा, मतदाताको रूपमा वा केन्द्रीय सदस्यको रूपमा वा विधानअनुरूप केन्द्रीय समितिमा हुनु जरूरी छ। समय छ, तपाई हामी वसेको समाजमा केही गरू, तपाई हामी मिलेर समाज भन्ने शब्दको शाब्दिक परिभाषा अनुरूप व्यवहारमा लागु गरी शुद्ध समाजको निर्माण गरौ ।

पटक पटक तपाई हाम्रो मौनतालाई अयोग्यता ठानेर तपाई हामी भन्दा कमजोरले हामी माथि शासन गर्ने शैलीमा काम गरे , त्यसैले म विनम्रतापूर्वक एनआरएन कोरियाको साधारण सदस्यता लिनुहुन अनुरोध गर्दै यस पटक हुने अधिवेशनबाट हाम्रो आफ्नो लागी आफै यो समाजको नेता र नेतृत्व चुनौ” ।

Facebook Comments Box