सन्तोष खड्का
सौल/दक्षिण कोरिया
नेपाली सम्पर्क समिति (NCC) ले कोरियाको महान चॅाड छुसकको अवसरमा बिभिन्न संघसॅस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम बॅाडफाड गर्ने मिति तय गरेको छ ।
लामो समय कोभिड लगायत बिभिन्न कारणबस झन्डै निष्कृय अबस्थामा पुगेको संस्था लाई भर्खरै सौलमा भएको १८ औ महाधिबेशन पस्चात नयॅा कार्यसमितिले ब्युताएका छन । लामो ईतिहास बोकेको स.न्१९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको सम्पुर्ण संघसंथा हरुको छाता संस्थाका रुपमा मानिदै आएको छ ।
कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनका लागि कोरियामा रहेका बिभिन्न प्रदेश ,जातिय ,क्षेत्र ,जिल्ला ,पत्रकार धार्मिक ,सास्कृतिक संघ संस्था साथै बुद्धिजीवी ,ब्यापारी ,बिधार्थी साथै कोरियामा रहेका सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ। कार्यक्रमको बिबरण निम्न रहेको छ।
मिति -: २०२३जुन १८ तारिक आईतबार
समय -११:३०
स्थान – Nik Travel को सभा हल,दोड्देमुन