मेघनाथ पौडेल
सउल कोरिया ।
सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।
सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।
सोनसिक कि सांस्कृतिक बिभाग संयोजक सुश्री सिजन खड्काका अनुसार नेपाली पोशाक, गर-गहना सहित नेपाललाई प्रतिनिधित्व गर्ने नेपाली कलाकारहरुले नेपाली नृत्यका अलावा त्यहाँ सञ्चालित परेडमा पनि उत्साह पूर्वक सहभागिता जनाएर नेपाललाई चिनाएका थिए । कोरियाको मोक्पो, थेजन, ग्वान्जु, सिउल इत्यादि ठाऊहरुबाट ११ जना नेपाली कलाकारहरू आएका थिए । परेड र नृत्यमा नेपालको प्रतिनिधित्व गर्ने महिला कलाकारहरुमा सिजन खड्का, लक्ष्मी सेन ठाकुरी, सुवी मानन्धर, , रोशनी के.सी., दिव्या गुरुङ, , प्रतिक्षा मोक्तान, मोनिका मगर, र सनी गुरुङ रहेका छन् । त्यसै गरि पुरुष कलाकारहरुमा विजन नेपाल, मनोज गिरी, र आयुष उप्रेती रहेका छन् ।