गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ख्यङ्साङ क्षेत्रीय कमिटी दक्षिण कोरियाको पाँचौ अधिवेशन सप्पन्न भएको छ। अधिवेशनबाट सुबोध भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
आइतबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख अतिथ्यमा परिषदको उद्घाटित पाचौं अधिवेशन सम्पन्न भएको छ। सोही अधिवेशनले सुबोध भण्डारीको नेतृत्वमा परिषदको सात सदस्यीय कार्यसमिति गठन गरेको छ।
भण्डारीको नेतृत्व रहने गरि गठित कार्यसमितिको उपाध्यक्षमा सुदिप राई र शिव राज केसी, सचिवमा कुबेर न्यौपाने, कोषाध्यक्षमा अन्जु गुरुङ, सदस्यहरु मोहन अधिकारी, अर्जुन बेलबासे र विशाल पोख्रेल सर्वसम्मतिले चयन भएका छन्। साथै कार्यसमितिका बाकी रहेका अन्य पदहरुमा कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गरि कमिटीलाई पुर्णता दिइने जनाइएको छ।
Facebook Comments Box