श्रमिक र विधार्थीहरुलाई समेट्नको निम्ती अनलाइन भोटिङ हुनु पर्ने अध्यक्ष उम्मेदवार बुद्दी गुरुङको आग्रह

कोरियाअपडेट समाचार

विशाल श्रेष्ठ/दक्षिण कोरिया – गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष२०२३२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले MTU हल सदेमुन१२ तल्ला (경향신문사본사서울특별시 중구 정동 22)मिति : २०२३०७१५ तारिख (शनिबारका दिन  NRNA दक्षिण कोरियाका संरक्षकसल्लाहकार तथा पदाधिकारी ,दक्षिण कोरियामा रहेका राजनीतिक संस्थाका प्रमुख ,दक्षिण कोरियामा क्रियाशील पत्रकार साथीहरुदक्षिण कोरियामा रहेका सामाजिक तथा क्षेत्रिय संघ संस्थाका प्रमुख लगायत सम्पूर्णमा विभिन्न व्यक्तित्व हरु उपस्थिति निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको २०२३२५ को अध्यक्ष पदका उम्मेदवार बुद्दी गुरुङले सम्पुर्ण श्रमिक हरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनुपर्ने माग गर्नु भएको छ।

NRNA दक्षिण कोरियाको यहि मिति २०२३०७३० तारिखका दिन सम्पन्न हुन गैरहेको निर्वाचनलाई सभ्यभब्य  सफल बनाउनको लागि  सुझाब र सहयोगको अपेक्षा सहित कार्यक्रममा आफ्नो राय सुझाव राख्दै अध्यक्षका उम्मेदवार बुद्दी गुरुङले दक्षिण कोरियामा रहेका श्रमिकहरु विभिन्न ठाउँबाटरहेको  हुँदा प्रत्यक्ष भौगोलिक उपस्थितिमा निर्वाचन गराउदा सबै श्रमिक ,विद्यार्थी हरु प्रत्यक्ष उपस्थिति हुन सक्ने अवस्था रहँदैन त्यसकारण कुनै केन्द्रलाई  व्यक्ति हरुलाइ मात्र हेरेर अफलाइन भोटिङ हुनुहुन्न अनलाईन भोटिङ गरेर सबैलाई समेट्नुपर्छ भन्ने माग गर्नुभएको छ। भन्ने बेला श्रमिक मैत्री भन्ने तरकेहि व्यक्ति मात्र समेटेर निर्वाचन गर्नु श्रमिक विद्यार्थीहरूको सदस्यता बनाएर निर्वाचनमा चाहि भाग लिन नदिने वातावरण सिर्जना नहोस् भनेर निर्वाचन कमिटिलाइ ध्यानाकर्षण पनि गराउनुभएको छ। उपस्थिति प्रायः ले अफलाइन भोटिङ हुनु पर्ने माग गरेतापनि बुद्दी गुरुङको टिमले मात्र सम्पुर्ण श्रमिकहरु समेट्नु पर्ने भन्दै अनलाइन भोटिङ हुनु पर्ने माग गरेका थिए।

Facebook Comments Box