सुधृढ एनआरएनए बनाउने क्षमता बोकेर आएको छु : कुँवर

कोरियाअपडेट समाचार

गैर आवासीय नेपाली संघ कोरियाको उपाध्यक्षमा उम्मेदवारी दिएका गिरि बहादुर कुँवरले चुनावी नतिजा आफ्नो पक्षमा पार्न तयारी थालिसकेका छन्। कोरियामा नेपाली समुदाय माझ चिर परिचित रहेका कुँवर लामो समयदेखि कोरियालाई कर्म थलो बनाउदै त्यहाँ क्रियाशील नेपाली समुदायका सामाजिक अग्रजहरुको पंतिमा अग्र स्थानमा आउछन्।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व तहमा रही काम गरी सकेका कुँवर एनआरएनए दक्षिण कोरियाको नेतृत्वमा भने हरेक पटक अरुलाई नेतृत्वमा पुर्याउन मै उनको प्रमुख भूमिका रहदै आयो। तर, बिभिन्न कारणले कुँवर एनआरएनएको नेतृत्वमा जानबाट भने बञ्चित हुँदै गए।

 

अर्कोतिर बिगतको एनआरएनए दक्षिण कोरियाको नेतृत्वले व्यक्तिगत स्वार्थ र आर्थिक लाभको लोभमा कोरियामा रहेका नेपालीहरुमाथि लामो समयसम्म ब्रम्हलुट मचाएको, बिभिन्न कार्यक्रमको नाममा रकम असुलेर हिनामिना गरेको, नेपालबाट कोरियामा बोलाईने कलाकारहरुलाई दिइने पैसामा कमिसन खाने गर्ने गरेको, मजदुरका हितमा काम नगरेको लगायतका गुनासाहरु कोरियामा रहेका आम नेपाली समुदायमा व्याप्त छन्। कोरोना कालमा लामो समयसम्म कोरियन एयरसँगको मिलेमतोमा एकलौटी सिन्डिकेट गरेर नेपाली मजदुरहरुबाट करोडौं डलर रकम असुलेको, मजदुरका समस्याप्रति वेवास्ता गरेको लगायत चुनावका बेला गर्ने गरेका बाचाहरुमा काम गर्न नसकेको बाट यस अघिका नेतृत्वहरुबाट कोरियामा रहेका आम नेपालीहरु असन्तुष्ट बन्दै गएका छन्।

कुँवर भन्छन महाधिवेशन समाज बनाउनका लागि हो। एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्गसंग पुग्न नसक्नु कसको कमजोरी हो? ९औं महाधिवेशन यी कुराहरु खोज्ने र मान्छे चिन्ने समय हो, हिजो देखि २/४ कार्यकाल काम गरीसकेका साथीहरू जसले समाज बनाउन केही भुमिका खेलेन, एजेण्डालाई बोलीमा सिमित गर्यो, मत लिने तर गुमनाम बस्यो, समाजिक बनेन, व्यवहारिक बनेन। केवल आफुलाई पदले चिनायो तर कामले चिनाउन सकेनन्।

एनआरएनए को निर्वाचनलाई लिएर कुवँर भन्छन् केवल गलत र सहीको भागेदारी टाउको झुकाएर बनायो र आफुलाई यस पटक पनि मत दिनुस् भन्दै आएका छन् भने चिन्नुस अनि मत कहॉं दिने निर्णय गर्नुस। समाजमा आउने जोसुकै हुन् अवसर एक पटक दिने हो, दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ।

यस पटक को एनआरएनए दक्षिण कोरियाको नयाँ कार्य समिति २०२३-२०२५ का लागि गिरी बहादुर कुँवरले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन।

बिगतका एनआरएनए नेतृत्व भन्दा केही फरक, केही राम्रो र सुदृढ़ एनआरएनए बनाउन आफुले भूमिका खेल्न सक्ने, सबैलाई मिलाएर सबैको अपनत्व हुने गरी सशक्त र चलायमान एनआरएनए बनाउन आफ्नो प्रयास रहने छ, कुवँरले भने, ‘कोरियामा रहेका आम नेपाली समुदायको इच्छा, चाहना र उहाहरुकै हौसला र आग्रहमा आफु नेतृत्व का लागि अगाडी बढेको कुवँर बताउँछन्।’

कुवँरले यसपटकको एनआरएनएन कोरिया उपाध्यक्षमा कोरियामा रहेका सबै नेपालीहरुमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतका साथ बिजयी गराई गराउन अनुरोध गरेका छन।

Facebook Comments Box