प्रचारबाजीमा होईन, म कर्ममा बिस्वास गर्छु – महिला उपाध्यक्ष पदकी उम्मेदवार आरती ह्योल्मो

कोरियाअपडेट समाचार

कामदार दैनिक
सौल/दक्षिण कोरिया ।

गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको सरगर्मी बढ़दै गर्दा विभिन्न पदका आकांक्षीहरुले आफूलाई पूर्ण रुपमा चुनाव प्रचार प्रसारमा ब्यस्त बनाएका छन्। कतिपय उम्मेदवारहरु यतिबेला नेपालमा हुने संसदीय चुनावको छनक दिने गरि चुनावी अभियानमा होमिएका छन् भने कतिपय उम्मेदवारहरु चाहिँ आफुले ढुक्क संग जित्ने ठोकुवा नै गर्दै आएका छन् । त्यस्तै कतिपय उम्मेदवारहरु चाहिँ चुनावी सरगर्मी ह्वात्तै बढेको अवस्थामा पनि प्रचार-प्रसारमा भन्दा पनि कतिपय उम्मेदवार चाहिँ सबै जिम्मा मतदाताको हातमा सुम्पिदै शान्त स्वभावमा आफ्नै गतिमा मतदाताको मन पगाल्ने कोशिसमा छन् । त्यसै मध्यकि एउटी उम्मेदवार हुन्; महिला उपाध्यक्ष पदकी उम्मेदवार आरती ह्योल्मो।

पोखराको बेगनासतालमा जन्मिएर आज भन्दा १३ बर्ष अगाडि बैवाहिक भिसा मार्फत दक्षिण कोरिया आएकी आरती ह्योल्मोका शुरुवाती दिनहरु सहज थिएनन् । भाषाको कठिनाई, कोरियाली समाजमा घुलमिल हुन गार्हो लगायत यावत चुनौतीको सामना गर्दै हुर्किएकि आरती ह्योल्मो NRNA कोरियाको चुनावमा आरती ह्योल्मोले महिला उपाध्यक्ष पदका लागि अहिले त्यतिकै उम्मेदवारी दिएकी हैनन् बरु आफैले अनुभव गरेका बिभिन्न समस्याहरु अरूले भोग्न नपरोस् भन्ने आफ्नो मानसायलाई मूर्त रूप दिनका लागि नेतृत्व तहमा जान झक्झकाई रह्यो ।

आफ्नो सुरुवाती दिनहरु देखि आज सम्म NRNA का गतिबिधीहरुलाई हेर्दा कुरा मात्रै बढि भएको, योजना मात्रै बढि भएको तर काम अत्यन्तै नगण्य भएको कुराले आफूलाई कुनै बेला NRNA चुनावमा भोट हाल्ने ईच्छा पनि हराएर गएको स्मरण गर्दै, अव सम्पूर्णलाई NRNA भएको महसुस हुने गरि नेतृत्व सच्चिनु पर्ने धारणा बमोजिम आफुले महिला उपाध्यक्षमा उम्मेदवारी दिएको बताउछिन् ।

कोरियन नागरिक बनिसकेकी आरती ह्योल्मो NCC कि निवर्तमान बरिष्ठ उपाध्यक्ष तथा कास्की परिवार दक्षिण कोरियाकि निवर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै बिभिन्न सामाजिक संस्थाहरुमा आवद्द भई सेवा गरेकी आरती ह्योल्मो बोल्न भन्दा पनि काम गर्न मनपर्ने बताउछिन् । बाहिरी समाज वा सामाजिक सञ्जालमा चर्चा कमाउनु भन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दा मन आनन्दित हुने बताउने उनले बिभिन्न समयमा भाषा अनुवाद देखि लिएर परामर्श लगाएत आवस्यक परेको अवस्थामा बिभिन्न तवरले कोरियामा रहनु हुने नेपालीहरुलाई सहयोग गरिरहेको र त्यसैमा निकै रमाएको बताउछिन् । तर्क बितर्क गर्ने, भाषण गर्ने भन्दा पनि काम गर्ने बानी भएको बताउने आरती ह्योल्मो धेरै भन्दा धेरैलाई रोजगारी दिन चाहन्छिन् । त्यसो त उनले नेपालमा पनि दिपाङ्ग हिल रिसोर्ट नामक पेन्सन आफ्नै दिदी बहिनी संग मिलेर खोलेकी छन् ।

कोरियाली समाज संगको लामो अनुभव पछि यसपालि हुन गईरहेको NRNA कोरियाको निर्वाचनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी आरती ह्योल्मो, बोलीमा भन्दा काममा बिश्वास गर्छिन् । उनले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु मध्ये सबैभन्दा महत्वपूर्ण एजेण्डा पारदर्शी भएर काम गर्ने र सम्पूर्णले महसुस गर्न सक्ने NRNA बनाउने रहेको बताउछिन् ।

बिगत १३ बर्ष देखि कोरियामा रहेर निरन्तर बिभिन्न तवरले यहाँका नेपालीहरुलाई सहयोग गरिरहेको बताउने आरती ह्योल्मो, चुनावमा जितेपनि या हारे पनि त्यो सहर्ष स्विकार् य हुने तर समाज सेवामा निरन्तर लागिरहने बताउछिन् । ईमान्दारी बनेर सेवामूलक काम गर्ने प्रतिबद्दता बोकेकी महिला उपाध्यक्ष पदकी उम्मेदवार आरती ह्योल्मोले सम्पूर्ण मतदातालाई आफ्नो बिबेक प्रयोग गरेर मतदान गर्नु हुन र आफूलाई जिताएर संस्थागत रूपमा सेवा गर्ने ढोका खुल्ला गरि दिनुहुन अनुरोध गरेकी छिन् ।

Facebook Comments Box