कामदार दैनिक
सौल/ दक्षिण कोरिया।
राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ। उहा जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा कोरियामा रह्नुहुनेछ । यस विचमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको, र जुलाइ ३० मा दोङ्देमुनमा रास्वपा समर्थक प्रवास नेपाली सम्पर्क विभागका सदस्यहरुसग भेटघाट तथा छलफल कार्यक्रम तय भएको छ , यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसरवारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने भएको छ।
यसै गरि हरि ढकालसगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा RAPID ACTION TEMA (RAT) का केन्द्रीय संयोजक साजन शर्मा सहितको टिम उपस्थिति रहने कुरा रास्वपा नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका सभापति जि.पि तिमल्सिनाले जानकारी दिनुभयो। यसैगरी प्रवासी नेपाली सम्पर्क विभागको अतिथि भेटघाट तथा छलफल कार्यक्रममा घन्टीलाई माया गर्ने दक्षिण कोरियावासि नेपाली जनसमुदायहरु दोङ्देमुनमा हुने यो कार्यक्रममा उपस्थित हुनको लागी सभापति तिमल्सिनाले अनुरोध समेत गर्नुभएको छ।
लगानीसम्बन्धी सेमिनार गर्ने मुख्य योजना रहेको महत्वपूर्ण कार्यक्रम भने अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर तथा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम हुने भएको छ ।यस्तो कार्यक्रमहरुवाट लगानी तथा शेयरबजार संग सम्बन्धित चासो राख्ने कोरियाबासी नेपालीहरु उपस्थित भएर लगानीसम्बन्धी ज्ञानलाई अझै फराकिलो बनाउन मद्दत पुग्ने आयोजकले आकांक्षा राखेको छ । रास्वपा निकट रहेको प्रवास नेपाली सम्पर्क बिभागको महामन्त्री अवधेश राज चौरसियाले जाकारि दिनु भएको छ।