तिजको अवसरमा वेग्वान नेपाली समाज थेगुले सेप्टेम्बर 17 मा भब्य सास्कृतिक कार्यक्रम गर्दै

कोरियाअपडेट समाचार

कामदार दैनिक

सौल/ दक्षिण कोरिया |

नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा  वेग्वान नेपाली समाज थेगुले सांस्कृतिक तथा दर खाने कार्यक्रमआयोजना गर्ने भएको

नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी तारा श्रीस मगर तथा कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड  प्रस्तुति रहनेसंस्थाका अध्यक्ष बिनोद सेवाले जनाकारी दिनुभयो।

परदेशी जीवन सुखदुःख एकताको मन , हिमाल जस्तै अटल स्वच्छ नेपाली मन भनेर मुख्य नारा दिइएको यस कार्यक्रमले कोरियामारहेका नेपालीहरुलाई एकता भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउदै तिज विशेष कार्यक्रममा मनोरञ्जन प्रदान गर्नेछ

वेग्वान नेपाली समाजले संचालन गर्दै आएको सेल्टरलाई संचालन सहयोगार्थ कार्यक्रम गर्न लागीएको वेग्वान समाजले जनाएको कोरियामा रहेका नेपालीहरुलाई परेको समस्यालाई समन्वयको भुमिका निर्वाह गर्दै  सहयोग गर्दै आएको यस संस्थाले हरितालिकातिजको यस कार्यक्रममा कोरियामा भएका सम्पुर्ण नेपालीहरुले सहयोग गर्न अनुरोध समेत गरेको छ।

नेपाली संस्कृति लाई बिदेशी माझ परिचय गराउन तथा नेपाली संस्कृतिलाई थप मजबुद गर्नको लागि मात्रै नभएर कोरियामा रहेकाहजारौं नेपाली दिदिबहिनिहरुलाई  कामको थकानका बाबजुत मनोरञ्जन तथा आफू नेपालमै रहेको अनुभूत प्रदान गर्न यस कार्यक्रमलेटेवा दिने अनुमान संस्थाले गरेको

कार्यक्रमको बिस्तृत जानकारी यसप्रकार रहेको छः

कार्यक्रम हुने समयः सेप्टेम्बर 17,2023

स्थान :Maeil Garden Hall

थप जानकारीको लागि: 01059393620, 01051848405, 01086945709

Facebook Comments Box