NRNA ख्यङसाङनाम्दादो शाखाको आयोजनामा सेप्टेम्वर १० मा हुने नेपाली राजदुतावासको घुम्तीसेवाको तयारी सम्मपन्न

कोरियाअपडेट समाचार

विष्णु गुरुङ
सौल / दक्षिण कोरिया

NRNA ख्यङसाङनाम्दाे बुसान शाखाकाे आयाेजनामा आउदो आईतबार अर्थात् २०२३/०९/१० तारिखका दिन किम्हे शहरमा
हुन लागेको नेपाली राजदुतावासको घुम्तीसेवा शिविरको तयारी पुर्णरुपमा सम्मपन्न भएको NRNA ख्यङसाङनाम्दाेका अध्यक्ष सुबोध भण्डारीले बताउनु भएको छ ! उहाका अनुसार भाैगाेलिक दुरिकाे हिसाबले सउल द.काेरिया देखि धेरै टाढा रहेकाे दक्षिणी भेग ख्यङसाङनाम्दाे बुसान र वरपर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुकाे साझा समस्यालाई मध्यनजर गरि राहदानी नवीकरण, श्रमिक अन्तरक्रिया तथा दुतावास सँग सम्बन्धित सेवाहरुलाई यसै क्षेत्रबाट सेवादिने उद्देश्यले विगत केही वर्षदेखि नै ख्यङसाङनाम्दाे बुसान शाखाले आवस्यकता अनुसार घुम्ती सेवा तथा शिविर आयोजना गर्दै आइरहेको र यसैलाई आज प्रभावकारी रुपबाट अहिले पनि गर्न लागिएको हो !


NRNA ख्यङसाङनाम्दादो शाखाका उपाध्यक्ष दोस्तिहाङ राईले जानकारी दिनु भए अनुसार,
सेप्टेम्बेर १० तारिखका दिन ख्यङ्साङ्नाम्दोको तल्लो क्षेत्रमा रहेको किम्हे शहर जहाँ नेपाली समुदायको धेरै बाहुल्यता रहेको छ उक्त ठाउँमा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई केहि राहत हुने विस्वास का साथ राजदुतावास को घुम्ति सेवा शिविर आयोजना गर्न लागिएको हो !

घुम्ति सेवा को सुचना जारि गरे पश्चात् धेरै जना ले राहदानि नविकरण को निम्ति सम्पर्क गर्नु भएको र फम भरेर QR कोण सहित पठाउनु भएको थियो र सो अनुसार ८० जना लक्षित भनिएको राहदानी नविकरण सेवा १२२ जना को अन्तिम नामावली प्राप्त भएको भएतापनि सेवाग्राहि धेरै भएको ले यस पाली पनि धेरै जना छुट्नु भएको तर आवश्यकता हेरेर फेरि आसपास को स्थान मा अर्को घुम्तिसेवा को पहल गर्ने र अहिले छुट्नु हुने ब्यक्ति हरु लाई पहिलो प्राथमिकता दिने NRNA ख्यङसाङनाम्दादो शाखाका सचिब कुबेर न्यौपानेले बताए ! सो स्थानामा HANPASS REMITTENCE को नया खाता खाेल्न ,अटो डेबिट बनाउन मिल्नुको साथै बहु उपयोगी TRIPLE कार्ड बनाउन सक्नु को साथै SUNRISE बैंक को सम्पूर्ण सेवाहरु लिन सकिने र GKS मार्फत धेरै सेवा लिन सकिने आयोजकले बताएको छ !

 

तल दिईएको अन्तिम नामावली मा आफ्नो नाम निश्चित गर्नुहोस !


शनिवार २ बजे पछाडि पायक पर्नु हुने ले सम्पर्क गर्न सक्नु हुनेछ।
शनिबार को लागि स्थान : (김해시 분성로 335번길 22-1 2층Gks )हलमा समय: दिउसो २ बजे पछाडि
आईतबार को लागि स्थान : थान: (50915) 경남 김해시 호계로 503 (동상동), 7층 (김해도시대생지원센터) समय बिहान: ७:३०बजे
थप जानकारी को लागि आधिकारिक सम्पर्क व्यक्तिहरु।
१. सुबोध भण्डारी 01098617553 (창원,마산,함안군,창녕군)
2. दोस्तिहाङ राई 01075152858 (김해,대구,친영)
3. शिवराज केसी 01075836821 (거제도 ,부산)
4.कुबेर न्यौपाने 01075399605 (양산,부산 )
5.मोहन अधिकारी 010-7714-2688 ( 밀양,울산,경주)

Facebook Comments Box