भावना कार्की
सौल/ दक्षिण कोरिया
नेपाली राजदुतावाश दक्षिण कोरियाको आयोजना र कोरीयन ब्युटी कोर्ट र इछन् मा रहेका नेपालीहरुको समन्वयमा नेपाली राजदुतावासको पासपोर्ट नबिकरण सेवा जून २३ मा हुने प्रोफेशर एबम कोरीयन ब्युटी कोर्टकि CEO सृजना नेपालीले बताउनु भयो !
जून २३ का दिन बिहान १०:०० बजे बाट हुने उक्त कार्यक्रममा नेपाली राजदुतावाश दक्षिण कोरियाले राहदानी नवीकरण सेवा उपलब्ध गराउन लागेको हो !
बि शेष गरी कृषी क्षेत्रमा रहेका नेपालीहरुलाइ मध्येनजर गरि यो कार्यक्रम गर्न लागिएको सामाजिक अभियान्ता आनन्द लामाले बताउनु भयो !
उक्त कार्यक्रममा HANPASS र लक्ष्मी सनराईजको सेवा पनि लिन सकिने र पासपोर्ट मात्र भएकाले पनि HANPASS बनाएर कोरिएन बैंक( वाल्लेट VIRTUAL ACCOUNT ) को एटीएम कार्ड लिन सकीने साथै लक्ष्मी सनराईजको बैंकको सामान्य खाता, DEMAT खाता, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरु लिन सकिने आयोजकले बताएको छ !
कार्यक्रम समय: बिहानको १० बजे बाट
स्थान: 경기도 이천시 중리동 행정복지센터, 30일 신청사 업무개시
कार्यक्रमको विस्तृत जानकारीको लागि: ०१०-८९४८-६५४८, ०१०-४६९८-८०१८ र ०१०-५७०८-५५६३ मा सम्पर्क गर्न सक्नुहुनेछ !