गगन थापा शनिबार कोरिया आइपुग्ने, कार्यक्रमको सम्पुर्ण तयारी पुरा

कोरियाअपडेट समाचार

कमला केसी/दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा आयोजित बृहत अन्तरक्रियाको सम्पुर्ण तयारी पुरा भएको छ।
नेपालको आर्थिक एवम् लोकतान्त्रिक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग विषयक बृहत अन्तरक्रिया आगामी जुलाइ २८ तारिकमा कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा हुने भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापा दक्षिण कोरिया आउँदै हुनुहुन्छ। उहाँसँगै पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने भएको छ । कार्यक्रमको मिति नजिकिदै जाँदा  सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
जुलाइ २८ तारिक आइतवार कोरियाको राजधानी सउलको दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी कार्यक्रम कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
साथै अघिल्लो दिन अर्थात् २७ तारिकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक प्रकाश धमलाले जानकारी दिनुभयो ।
दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक्रियामा सहभागी भइ विचारको आदान प्रदान गर्न जनसम्पर्क समिती दक्षिण कोरियाले आग्रह समेत गरेको छ ।

Facebook Comments Box