उल्लास र केही बिरोधका बिच कोरियामा मनाइयो संबिधान दिवश

कोरियाअपडेट समाचार

सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।

नेपाली राजदुतवास सौलको आयोजनामा सेप्टेम्बर २२ तारिक आइतबारका दिन दक्षिण कोरियाको सौल स्थित नेपाली राजदुतावासमा संबिधान दिवश उल्लासपुर्ण रुपमा मनाइएको हो।

नेपाली राजदुतवास सौलले बिबिन्न संघ सस्था, राजनैतिक दल तथा सामाजिक अभियान्ताहरुलाई निमन्रणा गरी डिप्युटी चिफ अफ द मिसन पुष्प राज भट्टराईज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। छोटो औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको उक्त कार्यक्रममा अतिथिहरुको उललेखनिय सहभागिता देख्न सकिन्थ्यो।

गत सालहरु भन्दा बिबिन्न संघ सस्थाहरु एंव सर्बसाधारणको उपस्थिति बाक्लै रहेतापनि दक्षिण कोरिया नेपालीहरुको लागि मिनि नेपाल भइसकेको अवस्थामा सबैको पहुंच हुने किसिमले कार्यक्रम आयोजना हुन नसकेको भनेर यदाकदा सामाजिक सन्जालमा बिरोध समेत देख्न पाइयो।

नेपाली कांग्रेसका महासमिति सदस्य एंव दक्षिण कोरियाका स्थापित ब्यापारी तथा सामाजिक अभियान्ता गिरीराज कुँवर  आफ्नो फेसबुक वालमा  लेख्छन्ः

“संविधान दिवस्, कोरिया स्थित नेपाली दुतावासले आज मनाउदै छ , विशेष गरी वर्ग, लिङग,विभेद , संपन्न वा विपन्न सबैका लागी उस्तै र उत्तिकै महत्वपूर्ण दिन हो संविधान दिवस तर केही थान वेनामी पत्रहरू वजारमा छरेर, केहीलाई पत्र र फोन दुवै गरेर मनाउने तयारी गरीदै छ ।
साथीहरू, तपाई हामी सबैका लागी एउटै अधिकार यो संविधानले दिएको छ तर यीनीहरू तपाई हामी विचमा विभेद वाड्दै छन्, संपन्न र विपन्नको रेखा कोर्दे छन् । म केवल गलत हुदै छ भन्छु वाकी आफै वुझ्नुस्।चिठ्ठी मलाई प्राप्त भएको यही वेनामी फोटो हो , फोटो नै सही किन सबैलाई पुगेन भन्ने हो ।”

उनको स्टाट्सलाई ४१ जनाले रियाक्ट गरेका छन् भने १७ जनाले कमेन्ट गरेका छन् ।

त्यसैगरी NRNA कोरियाका निबर्तमान अध्यक्ष तथा सफल ब्यापारी दिपक पुनले पनि आफ्नो असन्तुष्टि आफ्नो फेसबुक वालमार्फत ब्यक्त गरेका छन् ः

दक्षिण कोरियाको दूतावास स्थापना भए देखी आज सम्म सधै सहयोग र सहकार्य गरियो तर पछिल्लो पटक दूतावासको गतिबिधी र कार्यक्रम हरु अनपेक्षित छन ! आज संविधान दिबस को कार्यक्रम रहेछ नाम बिना को एउटा पत्र उपलब्ध भएको छ ! धेरै साथीहरू लाइ यहि नाम बिना को पत्र पनि उपलब्ध रहेनछ ! धेरै संघ सस्थाहरु ले यहि पत्रको कारण बहिस्कार गर्ने तयारी गरे पछि केही ब्यक्ति हरु को नाम उल्लेख गरेर पत्र पठाइएको बुझियो ! जसरी पत्र आए पनि राजा र रैती को जस्तो देशबासी को नाम मा एउटा सम्बोधन सुन्न र एक छाक खानकै लागि कार्यक्रम मा सहभागी हुन उपलब्धि लागेन नबनियुत्त महामहिम ज्यु को आगमन नहुदा सम्म दूतावास को कुनै पनि कार्यक्रम मा सहभागी नहुने निर्णय गरियो !

यहाँ हरु सबै लाई संविधान दिबस को हार्दिक शुभकामना !!

त्यस्तै सामाजिक अभियान्ता एंव बिश्व हिन्दु युवासंघ कोरियाका अध्यक्ष हेमन्त शाह आफ्नो फेसबुक वालमा लेख्छन्ः

आज दुताबास को कार्यक्रममा बिबेद पुर्ना तरिकाले मनाको देख्दा उदेक लाग्यो कोहि कोहि नबोलायर पनि मासु भात खानकै लागि गको देखियो हामि नेपालि कहिले सम्म मासु भातमा बिकिरहने हो हाम्रो हैसियत तेहि सम्म मात्रै हो त ? हुनत दुताबासकै कुरुम चारिले आफैलाइ राजदुत सम्झिनछ्न अनि बिभेद हुदैन त ?

 

यधपि अधिकांस सामाजिक, राजनितिक, जातिय एंव बिबिन्न संघ सस्थाका प्रतिनिधिहरुले कार्यक्रममा उलाषपुर्ण रुपमा सहभागी हुनु र कार्यक्रमका तस्बिरहरु सामाजिक सन्जालमा पोस्टयाउनुले कार्यक्रम सौहार्दपुर्ण वातावरणमा उल्लासकासाथ सम्पन्न भएको भान हुन्थ्यो।

कार्यक्रमका केही तस्बिरहरु:

 

Facebook Comments Box