स्याङ्जा परिवार दक्षिण कोरिया द्वारा पूर्व मन्त्री पद्म अर्याल सम्मानित

कोरियाअपडेट समाचार

भावाना कार्की

सौल/ दक्षिण कोरिया ।

स्याङ्जा परिवार दक्षिण कोरिया द्वारा पूर्व मन्त्री पद्म अर्याल दक्षिण कोरियामा सम्मानित हुनुभएको छ।स्याङ्जा परिवार दक्षिण कोरियाले मिति अक्टोवर ५ तारिक शनिवार एक कार्यक्रम गरेर नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्म अर्याललाई सम्मान गरेको हो।

पुर्व मन्त्री  पद्म अर्यालको प्रमुख आतित्यता तथा नेपाल उद्योग वाणिज्य सङ्घका पुर्व केन्द्रीय सदस्य विक्रान्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम सम्झना रेष्टुरेन्टको सभा हलमा सौलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष सुशील गुरूङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरियाका सक्रिय व्यक्तिहरूले आआफ्नो धारण राखेका थिए। कार्यक्रमा संरक्षक कुमार थापा , संरक्षक सदस्य : युवराज गुरुङ्ग, टेक राना ,स्याङ्जा परिवार दक्षिण कोरियाका सल्लाहाकार बिजय थापा, जनसम्पर्क समितिका महामन्त्रि मित्रबन्धु काफ्ले, सल्लाहकार डा. टिकाराम अर्याल त्यस्तै प्रबासी एकता मन्चकी अध्यक्ष : सिर्जना नेपाली , बरिष्ठ उपाध्यक्ष : माधब अर्याल ,उपाध्यक्ष : के. पी. न्यौपाने, लगायत को बाक्लो उपस्थिति थियो। कार्यक्रम सह-सचिब गुरुदत्त डुम्रे ल़े संचालन गरेका थिए।

कार्यक्रमा नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्म अर्यालले सबैलाई नेपाल फर्केर उधमी बन्न प्रोत्साहन गर्दै यसको लागि उचित वातावरण बनाउन अहिलेको सरकार लागि परेको बताउनुभयो।

Facebook Comments Box