पद्मा अर्यालको प्रमुख आतिथ्यतामा भएको प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनबाट अन्जनको नेत्रृत्वमा सर्वसम्मत कार्यसमिति चयन

कोरियाअपडेट समाचार
भावना कार्की

सौल/ दक्षिण कोरिया ।

पद्मा अर्यालको प्रमुख आतिथ्यतामा भएको प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनबाट अन्जन कुलुङ राईको नेत्रृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ। दक्षिण कोरियाको सौलमा  आइतबार भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अन्जनले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन सफल भएका हुन्।

 

अधिवेशनमा प्रमुख अतिथीको रुपमा नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्याल एंव बिशेष अतिथिहरुमा केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको उपस्बिथिति रहेको थियो भने कार्यक्रमको सभापतित्व प्रवासी नेपाली मञ्च कोरियाकी अध्यक्ष सिर्जना नेपालीले गरेकी थिइन्।

 

अन्जन कुलुङ राईको को नेत्रृत्वमा चयन भएको नयाँ कार्यसमितीमा उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतम तथा सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई चयन भएका हुन्।

 

Facebook Comments Box