माम्फ फेस्टिभल २०२४ मा नेपालबाट प्रस्तुति दिन कलाकार प्रकाश दुतराज कोरियामा, कन्सर्ट १३ तारिक आइतबारको दिन हुने

कोरियाअपडेट समाचार

विशाल श्रेष्ठ 
सौल / दक्षिण कोरिया 

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) अक्टोबर ११ तारिख वाट सुरु भएर र १२र १३ तारिख सम्म हुदैछ ।

१३तारिखका दिन हुन गइरहेको बहुसांस्कृतिक कार्यक्रम माम्फ र नेपालीहरूको महान चाड दशैको शुभकामना आदनप्रदान साथै टीका ग्रहण कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकार प्रकाश दुतराज कोरिया आइपुगेका छन् !

ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १९ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता हुने गर्दछ । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् ।

यो पटक माम्फका लागि नेपालबाट पछिल्लो समय को ख्याति प्राप्त सफल युवा गायक प्रकाश दुतराज कोरिया आइपुगेका छन् भने कन्सर्ट १३ तारिक आइतबारको दिन हुदैछ ! माम्फका लागि फरक-फरक सहरबाट बसको पनि सुबिधा रहेको छ !

कार्यक्रम स्थलमा हानपास रेमिट्यान्सको सम्पूर्ण सेवाहरु लिन समेत सक्ने आयोजकले बताएको छ!

 

Facebook Comments Box