सालिक न्यौपाने, सचिव पदका प्रत्यासी गैरआवासीय नेपाली संघ दक्षिण कोरिया
दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहलले तातेको छ। आगामी सेप्टेम्बर २१-२२, २०१९ मा घोषित एन.आर.एन.ए.को सातौँ अधिवेशन हुन गइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो बर्षको अधिवेशन अत्यन्त महत्वपूर्ण र बिशेष हुने बिश्वास गरिएको छ।
यसै क्रममा सन् २०११ देखि कोरियामा बिभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार बहन गर्दै आइरहेका, गुन्सान नेपाली समाज संस्थापक सचिव, अध्यक्ष त्यसैगरि, यूवा एकता द कोरियाका संयोजक, ओसिक्दो माइगेन्ट सेन्टरका व्यबस्थापक एब बिभिन्न संघ संस्थाहरूमा आर्थिक,भौतिक तथा नैतिक सहयोग पुर्याउँदै आइरहनुभएका होनाहार युवा सालिक न्यौपाने ले दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका छन् ।
बिषेशगरि कोरियाको कुना-कुनामा रहेका नेपाली साथिहरू माझ NRNA को सेवा सुबिधा र सहयोग पुर्याउन तथा NRNA लाइ मजदुर मैत्री बनाउने उध्देश्यले आफुले उम्मेदवारी दिएको न्यौपानेले बताउदै, कोरियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई अमुल्य भोट दिएर आफुलाई भारी मतले बिजयी बनाउन अनुरोध गरेका छन्।