सरोजको नेत्रृत्वमा बागमती प्रदेश एकता समाज द.कोरियाको नयां कार्यसमिति चयन

कोरियाअपडेट समाचार

भावना कार्की

सौल/ दक्षिण कोरिया ।

बागमती प्रदेश एकता समाज द.कोरियाको चौथो अधिवेशनबाट सरोज के.सीको नेत्रृत्वमा ११ सदस्य नयां कार्यसमिति चयन भएको छ।

डिसेम्वर २९ तारिकका दिन सौल स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा भएको सौहार्दपुर्ण अधिवेशनबाट बागमती प्रदेश एकता समाज द.कोरियाले सर्वसम्मतरुपमा सरोज के.सीको नेत्रृत्वमा ११ सदस्य कार्यसमिति चयन गरेको हो।

लामोसमय देखि सामाजिक क्षेत्रमा कृयासिल सरोज बागमती प्रदेश एकता समाज द.कोरियाको स्थापनाकाल देखि नै सस्थापक  उपाध्यक्षको रुपमा कुशल कार्यसम्पादन गरिसकेका छन्। दोलखाका के.सी स्पष्ट बक्ता , गतिसिल नेत्रृत्व लिनसक्ने एंव खरो ब्यक्तिको रुपमा कोरियाली नेपाली समुदायमा चिरपरिचित छन्।

दोलखाली समाजका अध्यक्ष समेत रहिसकेका सरोज बहुप्रतिभाका धनि समेत हुन् । सस्था राजनिति , धर्म , जात वा बिबिन्न बाद उपबादबाट भिन्न रहदै सम्रग नेपाली समुदायको हक हितका निम्ति सदैव कृयासिल रहनुपर्छ भन्ने मान्यतामा सदैव अडिग रहने उनले आफ्नो नेत्रृत्वमा बागमती प्रदेश एकता समाज द.कोरियाले थप उचाई लिने बताउदै आफु यसमा निरन्तर लागि पर्ने प्रतिबद्ता समेत ब्यक्त गरेका छन् ।

चौथो अधिवेशनबाट निर्वाचित नया कार्यसमितिमा क्रमशः अध्यक्षमा सरोज के.सी , ब.उपाध्यक्षमा नवीन श्रेष्ठ, उपाध्यक्षमा आदेश खड्का र रमेशराज खरेल त्यसैगरी महिला उपाध्यक्षमा जयन्ती  घिमिरे, महासचिवमा बेदनाथ आचार्य , सचिवमी राजन अधिकारी र श्याम तामाङ त्यसैगरी कोषाध्यक्षमा नीर योन्जन तामाङ र जिल्ला संयोजकहरुमा  दीपेन्द्र सिम्खडा र अर्जुन कुमार तामाङ चयन भएका छन्। बाकी रिक्त पदहरु कार्यसमितिले चयन गर्ने छ।

Facebook Comments Box