भावना कार्की
सौल/ दक्षिण कोरिया ।
संयुक्त रुपमा राजनीतिक पार्टीका प्रवास संगठनहरू द्रारा कोरियाका लागि नेपाली नव नियुक्त राजदूत महामहिम डा.शिवमाया तुम्बाहाङ्फेज्यूलाई स्वागत तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन्।
दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक पार्टीका भातृ प्रवास संगठनहरूमध्ये नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया, प्रवासी नेपाली मन्च, लगायतका सकृय संगठनद्वारा संयुक्त रुपमा दक्षिण कोरियाका लागि नेपाली नव नियुक्त राजदूत महामहिम डा.शिवमाया तुम्बाहाङ्फेज्यूको स्वागत तथा सम्मान कार्यक्रम सौल स्थित निक टार्भलसको सभाहलमा डिसेम्वर २९ तारिक आइतबारका दिन भएको हो।
कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजेन्द्र बहादुर क्षेत्रीले गरेका थिए भने कार्यक्रम सन्चालन नेपाली जनप्रगतिशील मन्चका अध्यक्ष जीवन खतिवडाले गरेका थिए साथै कार्यक्रममा स्वागत मन्तब्य प्रवासी नेपाली मन्चका अध्यक्ष अन्जनकुलुङ राईले राखेका थिए।
सुचना छोटो समयमा जारी भएको भएतापनि कार्यक्रममा महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फेको स्वागत तथा सम्मानमा उप -नियोग प्रमुख श्री पुष्पराज भट्टराई, बिबिन्न राजनीतिक संगठनका प्रमुखहरु, प्रत्रकार महासंघ दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष सन्तोष खड्का, महासचिव बासुदेव भट्ट तथा पदाधिकारीहरु,एन.आर. एन ए. ,एनसीसी, प्रदेश समाज, जनजाती महासंघ,विभिन्न क्षेत्रीय / जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु बुद्धिजीवी, व्यापारी, विद्यार्थी लगायत विभिन्न पेशाका ब्यक्तिहरु एंव सर्वसाधारण ब्यक्तिहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो।
कार्यक्रममा आफ्नो प्रमुख मन्तब्य राख्दै महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फे ज्युले आफु कोरिया नेपाली समुदायकै लागि नेपाली समुदायकै सल्लाहामा आफुले काम गर्ने बताउदै नेपाल देखिनै कोरियामा बिध्मान समस्याहरुको बारेमा जानकारी लिदै आएको र समस्या समाधानको लागि सम्बन्धित पक्ष र क्षेत्रसंग चाडै समन्वय गर्ने समेत बताउनु भयो ।
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति एंव नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजेन्द्र बहादुर क्षेत्रीले यस्ता खाले संयुक्त कार्यक्रमहरुले प्रवासी नेपालीहरुमा एकताको विश्वास र सकारात्मकता फैलिने विश्वास लिएको र आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरु हुने समेत बताए ।