भावना कार्की
सौल / दक्षिण कोरिया !
कोरियावासी तमूहरुको गौरवशाली साझा संस्था तमू धीं दक्षिण कोरियाको आयोजनामा २०२५, जनवरी ५ तारीखमा “सप्री ल्होसार कार्यक्रम २०८१” दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्वाहाङफे ज्यूको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ। दक्षिण कोरियावासी तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण र संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन् १९९९ मा स्थापित स्वतन्त्र संस्था तमू धीं दक्षिण कोरियाले कोरोना कालको वर्षलाई छोडेर स्थापना काल देखि निरन्तर रुपमा तमू(गुरुङ)हरुको प्रमुख पर्व/राष्ट्रिय पर्व तमू ल्होसार धुमधामका साथ मनाउदै आइरहेको छ। विगतका वर्षहरुमा जस्तै यो वर्षको “सप्री ल्होसार २०८१” भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रम तमू धीं कोरियाको इतिहासमा पहिलो महिला अध्यक्ष श्री रुपा गुरुङ ज्यूको सभापतित्व र नेपाली राजदूतावास दक्षिण कोरियाको महामहिम राजदुत डा. शिवमाया तुम्वाहाङफे ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा संरक्षक परिषदका प्रमुख संयोजक श्री भिम बहादुर गुरुङ्ग(पर्वत), NRNA दक्षिण कोरियाको अध्यक्ष श्री बिपिन कुमार गुरुङ ,नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष श्री विशन राई, NRNA दक्षिण कोरियाको अध्यक्ष श्री बुद्धि गुरुङ, नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको कार्यवाहक अध्यक्ष श्री सन्तोष खड्का, नेपाली सम्पर्क समिति(NCC), दक्षिण कोरियाको अध्यक्ष श्री हरि प्रसाद खनाल, जनजाति पत्रकार महासंघ(फोनिज), दक्षिण कोरियाको कार्यवाहक अध्यक्ष श्री उत्तम खजुम , प्रवासी मजदुर युनियन(MTU) का अध्यक्ष श्री उदय राई, तमू धीं कोरियाको निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार श्री लेशन गुरुङ, नेपाल सउल गुम्बाका लामा गुरु – कुन्साङ लामा, नेपाल देखि आमन्त्रित चर्चित कलाकार श्री जालुमाया गुरुङ लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो भने अतिथिहरुमा दक्षिण कोरियामा स्थापित विभिन्न जातीय, खेलकुद, मिडिया पार्ट्नर, प्रदेश समाज, क्षेत्रीय एवं राजनैतिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, तमू धीं दक्षिण कोरियाका संरक्षक परिषदका सदस्यहरु, वरिष्ठ सल्लाहकाहरु लगायत सल्लाहकार समितिको सम्पूर्ण सल्लाहकारहरु , विभागीय संयोजक तथा उपसंयोजक, संस्थाका आजीवन सदस्यहरु लगायतका ब्यक्तिहरुको गरिमामय उपस्थिति रहेको थियो।
प्रतिकुल मौसमका बाबजुद पनि कार्यक्रममा उल्लेखनिय रुपमा ब्यक्तिहरुको उपस्थितिले अध्यक्ष रुपा गुरुङ र सम्पुर्ण कार्यसमितिको कुशल नेत्रृत्व एंव शसक्त कार्यक्षमता देख्न पाइएको छ। बिगतमा पनि यस्ता किसिमका कार्यक्रमहरु तमु धि दक्षिण कोरियाले गर्दै आएको भएता पनि यसपालिको कार्यक्रम अझ गुणस्तरिय र अझ भब्य रुपमा सम्पन्न गरेको छ।
पहिलो र दोश्रो गरि दुई चरणमा सम्पन्न “ल्होसार कार्यक्रम २०८०” मा पहिलो चरणमा स्वागत मन्तव्य, कार्यक्रम उद्घाटन, पुरानो(मुप्री-ल्हो) गरुड वर्गलाई बिदाई र नयालाई(सप्री-ल्हो) सर्प बर्गलाई स्वागत, शुभकामना मन्तव्यका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको र शैक्षिक सफलता हासिल गर्नुभएका तमू विद्यार्थीहरुलाई सम्मान र प्रशंसा पत्रका साथमा सम्मान गरिएको थियो।
कार्यक्रममा आफ्नो प्रमुख मन्तब्य राख्दै महामहिम राजदूत डा.शिवमाया तुम्बाहाङ्फे ज्युले तमु धि दक्षिण कोरियाले आयोजना गरेको भब्य कार्यक्रमको प्रशंसा गर्दै आफु यस्ता कार्यक्रमहरुमा सहभागी भएर सबै नेपालीको शुख दुखको साक्षी हुन पाउदा सार्है खसी लागेको बताउदै आफु कोरिया नेपाली समुदायकै लागि नेपाली समुदायकै सल्लाहामा आफुले काम गर्ने बताउदै नेपाल देखिनै कोरियामा बिध्मान समस्याहरुको बारेमा जानकारी लिदै आएको र समस्या समाधानको लागि सम्बन्धित पक्ष र क्षेत्रसंग चाडै समन्वय गर्ने समेत बताउनु भयो ।
दोस्रो चरणको सास्कृतिक कार्यक्रम कुशल कार्यक्रम संचालक निवर्तमान महासचिव एवं वर्तमान सल्लाहकार सन्तोष गुरुङज्यूले शुरूवात गर्दै सास्कृतिक विभाग संयोजक रामचन्द्र(RC) गुरुङ ज्यूले अन्त्यसम्म संचालन गरेका थिए। जस्मा सस्कृतिक विभागको समन्वयमा तमू(गुरुङ)हरुको मौलिकता झल्काउने गीतहरुमा नृत्य प्रस्तुती र नेपालबाट आमन्त्रित चर्चित गायिका जालुमाया गुरुङ्गको बेजोड प्रस्तुतिहरु रहेको थियो।
“सप्री ल्होसार २०८१” कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, नैतिक र भौतिक रुपमा साथ दिने सम्पुर्णलाई
तमू धीं दक्षिण कोरियाले हार्दिक आभार समेत ब्यक्त गरेको छ।