कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया( बिनोद कुँवर समूह)ले सलनाल (कोरियाली नयाँ वर्ष) को अवसरमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाहरूले नेपाली समुदायका लागि खेलेको सकारात्मक भूमिका, पहल, र योगदानको कदर गर्दै यो सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको कुरा एन-आर-एन-ए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले बताएका छन् । उनले भने, “अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई ध्यानमा राख्दै हामी अगाडि बढ्न लागेको छौँ ।”
वरिष्ठ उपाध्यक्ष महेश बजगाईले बताएअनुसार, NRNA ले गर्नुपर्ने कतिपय कामहरू कोरिया स्थित अन्य संघ संस्थाहरूले गर्दै आएका छन् । तिनै संस्थाहरूको योगदानको सम्मान स्वरूप यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सचिव नरेश शर्माले थप जानकारी दिँदै भने, “संस्थागत बेमेल, सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, र अन्य कारणले गर्दा विगतमा काम गर्न नसकिने अवस्था थियो । अब अदालतको आदेश र ICC केन्द्रको समन्वयमा अघि बढ्न लागिएको छ ।”
यस सम्मान कार्यक्रममा कोरिया स्थित सबै संघ संस्थाहरूलाई आमन्त्रण गरिने जानकारी पनि प्राप्त भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य:
– नेपाली समुदायका लागि योगदान गर्ने संघ संस्थाहरूको कदर ।
– विवादपछि एकता र समन्वयको माध्यमबाट संस्था अघि बढाउने।
– कोरियाली र नेपाली समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने ।
– नयां कामको थालनि गर्ने ।