संयुक्त रुपमा काठमाडौं युनिभर्सिटी र सङ्गुक युनिभर्सिटीको ब्याच्लर इन कोरियन स्टडिस सुरु

कोरियाअपडेट समाचार

भावना कार्की
सौल / कोरिया !

काठमाडौं युनिभर्सिटी नेपाल र सङ्गुक युनिभर्सिटी कोरिया ले २०२५ मार्च देखी ब्याच्लर इन कोरियन स्टडिस मा ४ बर्से संयुक्त कार्यक्रम सुरु गरेका छन। २०२४।०६।०६ मा MOU भएको यो कार्यक्रम ९ महिना पछी कार्यनयन मा आएको हो।

२०२५.०३.१० देखीकाठमाडौं युनिभर्सिटी स्कुल अफ आर्ट्स हात्तीबन र स्कुल अफ मेनेज्मेन्ट बालकुमारी ललितपुर मा कक्षा हरु सन्चालन हुनेछन यस कार्यक्रम आन्तर्गत विद्यार्थी ले काठमाडौं युनिभर्सिटी म १ बर्ष वा २ बर्ष अध्ययन गरेपछी कोरिया को सङ्गुक युनिभर्सिटी मा क्रेडिट ट्रान्स्फर गरी बाँकी अध्ययन पुर गर्न सक्नेछन।

कोरिया जानु अगी कोरियन भाषा को टोपिक २ भन्दा माथि काठमाडौं युनिभर्सिटी मा उत्तिण गर्नु पर्नेछ। माध्यमीक बिधायलय मा जि पि ए २.५ माथि ल्याएर उतिर्न भएका जो कोइ ले यो बिषय अधयन गर्न को लागि आबेदन दिन सक्ने छन। जाने बित्तिकै नियम अनुसार काम गर्दै अध्ययन गर्न सकिने छ।

कोरिया मा अध्ययन गर्दा कोरियन युनिभर्सिटी को अनुसार र नेपाल मा काठमाडौं युनिभर्सिटी को अनुसार अध्ययन सुल्क लाग्ने छ। यो विद्यार्थी ले ४ बर्से कार्यक्रम सके पछी दुबै युनिभर्सिटी बाट प्रमाण पत्र पाउनेछन । पहिलो बर्ष काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्ट्स अन्तर्गत ब्याचलर इन कोरियन स्टडिस बिषय मा जम्बा ४० जना विद्यार्थी ले भर्ना हुन पाउने छन।कोरियन भाषा शिक्षक बनेर आफ्नो भबिस्य बनाउन यो अध्ययन अब अनिबार्य हुने छ।

IELTS गर्न नसक्ने र GPA कम भएर कोरिया जान नपाएका विद्यार्थी लाई यो धेरै राम्रो अबसर हुनेछ यो युनिभर्सिटी को एक अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत सन्चालन कार्यक्रम हो !

Facebook Comments Box