सौल/ दक्षिण कोरिया ।
उपचारको क्रममा गत 2025 जनवरी 26 तारिख कोरियाको छुनछनबुक्दो प्रान्तको जेछन शहर स्थित मेन्जी हस्पिटलमा दुखद निधन भएका जिल्ला सुनसरी इटहरी निवासी शसी खतिवडाको उपचारमा भएको खर्च आर्थिक सहयोग जुटाई तिरिएको छ l
निजको उपचारको निम्ति हस्पिटलमा खर्चको बिल 96,81,550 वान उठेकोमा हस्पिटलले 30% 30,00,000 वान छुट दिएपछि जम्मा 66,81,500 वान तिरिएको हो l यसै गरि शवबाहन खर्च 5,22, 000 वान रहेकोमा 22,000 वान वान छुट भई 5,00,000 वान बिल भरपाई गरिएको छ l
आर्थिक सहयोग संकलन अभियानमा संलग्न सामाजिक अभियन्ता ब्रो o तमूको अनुसार उक्त अभियानमा 205 जना सहयोगीहरुबाट 80, 12,111 वान प्राप्त भएको र स्व : शसी खतिवडासंग रहेको नगद 3,90,000 वान समेत गरि हस्पिटल र शवबाहन खर्च 71,81,500 + बिबिध खर्च 1,00,000 वन घटाई बचेको 11,20,611 वन मृतककी धर्मपत्नि शोभा खतिवडाको नाममा रेमिट गरि पठाई अभियान सम्प्पन गरिएको छ l
जेछन शहरमा उहाँको छिमेकी दिनेश भुजेलको भनाई अनुसार अकस्मात बिरामी परेपछि शसी खतिवडालाई मेन्जी हस्पिटलमा उपचारको लागि लगिएको थियो l उहाँलाई क्षयरोग़ ( टिबी ) मधुमेह Diabetes आदी रोगले आखा, घाटी, फोक्सो आदि अंगमा जटिल संक्रमण गरेको देखिएपछि भेन्टिलेटरमा राखी उपचार गराउदा गराउदै दुखद निधन भएको थियो l
उहाँको मृत्यु प्रश्चात नेपाली राजदुताबास सउल कोरियाको सहजिकरण र एन आर एन ए कोरियाका अध्यक्ष बुद्धि गुरुङ्गले हस्पिटलसंग समन्यवय गरेपछि हस्पिटलको उपचार खर्च पछि भरपाई गर्ने गरि मृतक शसी खतिवडाको शवलाई यही फेब्रुवरी 05 तारिख मातृभुमी नेपाल पठाएको र 07 तारिख इटहरी स्थित बुढी गंगा जमुना मुक्ति घाटमा अन्तिम दाह संस्कार गरिएको थियो
l
यस दुखद घडीको मानविय अभियानमा सहयोग गर्नु हुने कोरियाबासी सम्पूर्ण महानुभावहरुलाई अभियानकर्ताहरुको तर्फबाट राज थापा श्रेष्ठ ज्युले धन्यबाद ब्यक्त गरेका छन् l
नेपाली राजदुताबास सउल, एन आर एन ए कोरियाका अध्यक्ष बुद्धि गुरुङ्ग, एम टी यू का अध्यक्ष उदय राई , सुदूर पश्चिम समाजका संरक्षक लाल साउद , नेपाली जनप्रगतिशिल मंच कोरियाका सुबिन्द्र मगर, दिनेश भुजेल , प्रेम लामा , पशुपति गुरुङ्ग , सुरेश कन्दहवा लिम्बु , कुल श्रेष्ठ , गणेश थापा , बिश्व अधिकारी , किशोर लिम्बु , अमृत मगर , धनसिंह धामी, दिनेश अधिकारी किम्हे बुसान, इटहरीबासी प्रदिप राई लगायतले यस अभियानमा ठूलो सहयोग गर्नु भएको थियो l
उठेको सहयोग रकम र खर्च सम्बन्धि :
आय तर्फ….
F2R जेछन नेपाली परिवार 12,85,000
प्रदिप राईको पहलमा 7,60,000
सुरेश कन्दहवा लिम्बुको पहलमा
12,62,000
लाल साउद र अन्य मार्फत 47,05,111
……………………………………………..
जम्मा संकलन भएको रकम 80,12,111
मृतकको साथमा रहेको रकम 3,90,000
…………………………………………….
कुल रकम 84,02,111 वान
खर्च तर्फ….
हस्पिटलको बिल 66,81,500 वान
शवबाहन खर्च 5,00,000 वान
बिबिध खर्च 1,00,000 वान
……………………………………………….
कुल खर्च रकम 72,81,111 वान
कुल आय 84,02,111 वान
कुल खर्च – 72,81,500 वान
………………………………………………
बचत रकम 11,20,611 वान
जम्मा बचेको रकम रेमिट गरि नेपालमा सम्बन्धित ब्यक्तिलाई पठाईएको हो।