अप्रिल ५ गते अञ्जिला फुयमा प्रदर्शन हुने

कोरियाअपडेट

-दीपेन्द्र प्रकाश वली

सौल /दक्षिण कोरिया 

चलचित्र अन्जीला दक्षिण कोरियाको फुयमा प्रदर्शन हुने भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ लाई छुङछाङ नाम्दो स्थित फुय नेपाली समाजले प्रदर्शन गर्न लागेको हो। आउँदो अप्रिल महिनाको ५ तारिक शनिबार साँझ ७ बजे सुविधा सम्पन्न हलमा चलचित्र देखाइने आयोजकले जनाएको छ।

चलचित्र अञ्जिला हेर्नको लागि टिकट शुल्क २५ हजार वोन निर्धारण गरिएको र फुय इन्टरसिटी बस टर्मिनल नजिकै रहेको खुम्सङ सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने फुय समाजका रमेश लामाले जानकारी दिए। चलचित्रमा अञ्जिलाको इलामदेखि राष्ट्रिय टोलीसम्मको कठिन यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा उनको फुटबल यात्रा मात्र नभएर उनीसँग जोडिएको समाज, परिवार, कठिनाइ, सपना र आत्मबलको कथा सजीव रूपमा चित्रण गरिएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान र गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’बाट प्राप्त सम्पूर्ण मुनाफा उनको घर निर्माणमा र फुटबल एकेडेमी स्थापनामा खर्च गरिने भएको हुँदा आयोजक फुय नेपाली समाजले यो पवित्र अभियानमा जोडिनको लागि अप्रिल ५ मा चलचित्र हेर्नहुन कोरिया स्थीत सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ। आयोजक- फुय नेपाली समाज (छुङछाङ नाम्दो) ठेगाना-충남 부여군 부여읍 사비로100번길 12 4-5층 (금성시네마) (부여 시외버스 터미널) नजिकै समय- 2025 April 5 तारिक बेलुका 7 बजेबाट Saturday सम्पर्क नम्बर- 01074964224 Tickets price – 25000 only

Facebook Comments Box