भावना कार्की
सौल / दक्षिण कोरिया ।
NRNA कोरिया ( बिपिन समुह) ले भर्चुअल (Zoom) माध्यमबाट २०२५ मार्च २२ (शनिबार)बेलुकी ८:४५ बजे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
एकता महाधिवेशन नजिकिँदै गर्दा यसका बहुआयामिक पक्षहरूबारे छलफल गर्न भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ। अप्रिलको ६ तारिकका दिन NRNA कोरिया ( बिपिन समुह) ले कोरियामा अधिवेसन गर्दै छ। NRNA कोरिया ( बिपिन समुह) ले जारी गरेको बिज्ञप्ति निम्न रहेको छः
गैरआवासीय नेपाली संघले विगत लामो समयदेखि विभिन्न वैधानिक र सांगठनिक जटिलताहरूको सामना गर्दै आइरहेको सन्दर्भमा, पछिल्लो समय सम्मानित सर्वोच्च अदालतको परमादेशद्वारा संघका पूर्व अध्यक्ष डा. शेष घले ज्यूको संयोजकत्वमा गठित उच्च स्तरीय समितिलाई संघको महाधिवेशन आयोजना गर्ने अधिकार प्रदान गरेको विषय सर्वविदितै छ। सर्वोच्च अदालतको यस निर्णयले संघभित्र रहेको अन्योल र विवादलाई समाधान गर्दै संस्थालाई विधिसम्मत रूपमा अगाडि बढाउने तथा गैरआवासीय नेपाली समुदायलाई थप सशक्त बनाउने अवसर प्रदान गर्ने विश्वास लिएका छौं।
यसै सन्दर्भमा, आगामी २०२५ अप्रिल ६ तारिखका दिन “एकता, रुपान्तरण र सामाजिक उत्तरदायित्वः एनआरएनए कोरियाको प्रतिबद्धता” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया द्वारा एकता महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको व्यहोरा यहाँलाई सहर्ष जानकारी गराउन चाहन्छौं। यो महाधिवेशन उच्च स्तरीय समितिको निर्देशन, समितिद्वारा जारी गरिएको कार्यविधि तथा सर्वोच्च अदालतको फैसलाको मूल मर्मअनुसार सम्पन्न गरिने भएकोले, वर्तमान परिस्थितिमा कोरियामा रहेका गैरआवासीय नेपाली समुदायलाई एकताबद्ध गर्दै सहकार्य, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ भन्ने विश्वास लिएका छौं।
हाम्रा साझा सरोकारका विषयहरूमा विचारविमर्श गर्दै, कोरियामा रहेका नेपालीहरूको हक, अधिकार तथा सम्भावनाहरूलाई नयाँ उचाइमा पुर्याउन, हामी सबैको सहभागिता, सहकार्य र एकता अपरिहार्य छ। नेपाल सरकारका प्रतिनिधि, उच्च स्तरीय समितिका संयोजक र सदस्यहरू, एनआरएनएका अग्रजज्यूहरू तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजना हुने एकता महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको साझा कर्तव्य हो।
त्यसैले एकता महाधिवेशन नजिकिँदै गर्दा यसका बहुआयामिक पक्षहरूबारे छलफल गर्न भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुनाले यहाँको गरिमामय उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछौं।
साथै भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्नो विचार तथा सुझाव राखिदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम विवरण:
• मिति: २०२५ मार्च २२ (शनिबार)
• समय: बेलुका ८:४५ बजे
• Zoom ID: 820 9783 9556
• Passcode: NRNA