रबि पराजुली
सौल/ दक्षिण कोरिया !
गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको एकता महाधिवेशनबाट बिपिन गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन सौलमा एक भव्य कार्यक्रमका बीच सम्पन भएको छ ! ६ तारिक , २०२५ आइतवारका दिन दक्षिण कोरियाको राजधानी सउलमा NRNA-NCC दक्षिण कोरिया को ऐतिहासिक एकता महाधिवेशन अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको हो ! उक्त प्रमुख अतिथिका रूपमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुण कुमार चौधरी ज्यु , विशिष्ट अतिथिका रूपमा NRNA-ICC का पूर्व अध्यक्ष तथा एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले ज्यु, तथा विशेष अतिथिका रूपमा एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य एवं NRNA-NCC समन्वय उपसमितिका संयोजक विनोद कुवर ज्यु तथा विभिन्न क्षेत्रका राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो !
महाधिवेशनले विपिन कुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नव-निर्वाचित कार्यसमिति निम्नानुसार रहेका छन् :
— ICC सदस्य : महेश बजगाई
— अध्यक्ष : विपिन कुमार गुरुङ
— वरिष्ठ उपाध्यक्ष : जित बहादुर कुँवर
— उपाध्यक्षहरू : अवदेश कुमार चौरासिया, प्रशान्त राज बानियाँ, श्याम राज तिमल्सिना
— महासचिव : अजय सोडारी
— सचिवहरू : नरेश शर्मा, टार्जन राई
— कोषाध्यक्ष : यज्ञमान नायक
— सह-कोषाध्यक्ष : सुश्मा तामाङ
— युवा संयोजक (पुरुष) : अनन्त आचार्य
— युवा संयोजक (महिला) : रुक्मा बम
— सदस्यहरू : यम बहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, संघर्ष लम्साल, खगेन्द्र जोशी