कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद,(NRNA) दक्षिण कोरिया द्वारा आयोजित “NRNA कप भलिबल प्रतियोगिता २०२५” अप्रील ६ आइतवार आजु युनिभर्सिटी, दक्षिण कोरियामा अत्यन्त भव्य र सफल रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा २० वटा टिमहरूको प्रतिस्पर्धात्मक सहभागिता रह्यो, जसमा बागलुङ समाज दक्षिण कोरिया प्रथम र सुदूरपश्चिम समाज द्वितीय स्थानमा विजेता बन्न सफल भए।
कोरियामा हालसम्मकै सर्वाधिक धनराशिको पुरस्कार, अर्थात् प्रथम पुरस्कार ४० लाख कोरियन वन र दोस्रो पुरस्कार २० लाख कोरियन वन, यस प्रतियोगिताको विशेष आकर्षण रह्यो। साथै, प्रथम र दोस्रो स्थान प्राप्त टिमका खेलाडीहरूले मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका थिए, जसले उनीहरूको उपलब्धिलाई अझ गौरवमय बनाएको छ।
प्रतियोगितामा विभिन्न श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित गरियो:
सर्वोत्कृष्ट खेलाडी – बागलुङका रिजन मगर (१ लाख कोरियन वन र प्रमाणपत्र)
सर्वोत्कृष्ट स्पाईकर – सुदूरपश्चिमका निरन्जन बिष्ट (५० हजार कोरियन वन र प्रमाणपत्र)
सर्वोत्कृष्ट सेटर – बागलुङका दिनेश क्षेत्री (५० हजार कोरियन वन र प्रमाणपत्र)
सर्वोत्कृष्ट डिफेन्डर – बागलुङका प्रकाश मल्ल (५० हजार कोरियन वन र प्रमाणपत्र)
सर्वोत्कृष्ट ब्लकर – सुदूरपश्चिमका ललितचन्द ठकुरी (५० हजार कोरियन वन र प्रमाणपत्र)
साभारः Fonij Korea