कोरोना भाईरसबाट बच्न आत्मरक्षा प्रणाली मजबुत बनाउन आबश्यक :डा. राजेश चन्द्र जोशी

कोरियाअपडेट समाचार

अबिरल आलोक

सौल, दक्षिण कोरिया 

स्टार रेमिट, नयाँ दैनिकी, कामदार दैनिक, परदेशी लाईफ , हेलो नेपाल कोरिया डट, खबर पेपर  र अन्य मिडिया एंब सामाजिक अभियन्ताहरूको संयुक्त आयोजनामा फेब्रुअरी २८, शुक्रवारका दिन स्टारेमिटको प्रधान कार्यालय सौलमा “कोरियामा कोरोना भाईरसबारे विशेष सावधानी र कोरियामा नेपालीहरुको पछिल्लो अवस्था” बिषयक नेपाली बरिष्ठ चिकित्सक डा.राजेश चन्द्र जोशी र नेपाली राजदुतावासका श्रम काउन्सुलर श्री डिल्लीराम बास्तोला ज्यूको बििशे आतििथ्यतामा स्टार रेमिट विशेष लाईभ कार्यक्रम सम्पन्न भएको छ।

बिशेष लाइभ मा बोल्ने  क्रममा बरिष्ठ चिकित्सक डा. राजेश चन्द्र जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । वहाँले भिडभाडमा सके सम्म नजाने, जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण सुझावहरु दिनुभएको छ । हात धुदा ३० सेकेन्ड भन्दा बडि राम्रो संग धारामा साबुन पानीले धुने, हात आखाँ, नाक , मुखमा नछुने , हाछयू गर्दा बाहुलाले छेकेर मात्र गर्ने , रुघा खोकी र ज्वरो आएको मान्छे संग बच्ने, त्यस्तो व्यक्तिको नजिक नजाने , गर्भवती र महिला र वृद्धले अझ बढि सचेत हुने । आफूलाई रुघा,खोकी लागेको छ भने आफू सचेत हुने यसले अरुलाई सर्न रोक्छ । ज्वरो र खोकी लागेको कोरोनाको शंका लागेमा ज्वरोको औषधी खाएर हेर्ने २, ४ दिनमा सन्चो नभएको अवस्था भो भने नजिकको हेल्थ पोष्ट वा १३३९ मा कल गर्न सकिन्छ । एरिया कोड संगै १२० मा कल गरेर कोरियामा जानकारी लिन सकिन्छ । बाहिर जादाँ पनि सम्भव भए आफ्नो सवारी साधन, नभए टयाक्सीमा जाने सकेसम्म सार्वजनीक बसहरु प्रयोग नगर्ने सााथै हस्पिटल पुगेपछि डाक्टरको सल्लाह अनुसार गर्नु पर्दछ । केही रुखा खोकीमै कोरोना भनेर डराउनु नपर्ने वहाँको सुझाव थियो। रुखा खोकी संगै ज्वरो पनि आउने यसको लक्षण हुन्छ । बृद्ध बृद्ध र बढि उमेरकोलाई चाडो सर्ने र युवा र केटाकेटीलाई असर अलि कम देखिने गरिएको डा। जोशीको अनुभव थियो । भाईरस धेरै घण्टा सम्म बाच्ने हुदा , बाहिर फलाम, काठ, भित्ता, ढोकाका हयाण्डील, भरयांग जस्ता हयाण्डल जस्ता अरुले प्रयोग गर्ने बस्तुबाट बच्ने वा यस्ता कुराहरुको प्रयोग पछि सकेसम्म पहिले हात ,मुख धोईहाल्ने । त्यो हातले सकेसम्म नाक मुखमा नछुने भनेको कारण र नियमित धुनु भएको कारण पनि त्यही हो । तातोमा बस्ने तर हयुमिडिटी ४० देखि ६० मा राख्ने , कोठामा वाफयुक्त बनाउन भिजेको टाबेलहरु राख्ने, भिटामिन सि वा मल्टी भिटामिन भिटामिनयुक्त खाना खाने , जिउलाई आराम दिने , नियमित ८ घण्टा सुत्ने । गाउँघरमा भन्ने गरिएको बेसार पानी , नाकमा तोरीको तेल लगाउने गर्दा पनि फाईदा नै पुग्ने समेत बताउनुभयो।


बिशेष लाइभकै क््रममा श्रम काउन्सुलर डिल्लीराम बास्तोलाले आफ्नो बिशेष भनाई राख्ने क्रममा दक्षिण कोरियामा काम छोडेर नयाँ कामको खोजीमा रहेका कामदारले २ महिना थप पाउने  बताउनुभयो। यस अनुसार अब ७ दिन समय बाकीले थप २ महिना थप हुदा २ महिना ७ दिन र १ महिना बाँकी हुनेको २ महिना थप्दा ३ महिना समय पाउनेछन । कोरियामा कम्पनीबाट पाउने रकम भने कोरियन कम्पनीसंग लिन पर््ने, सामसुङको विमा र टिकटको रकम नेपालबाट पनि पाउन सकिने पनि बास्तोलाले जानकारी दिनुभयो । भाईरसको कारण अनलाईन प्रणालीबाट नै विभिन्न सेवाहरु दिन थालेको हुदा भौतिक उपस्थित हुन जरुरी नरहने पनि बास्तोलाले जानकारी दिनुभयो ।
भाईरसबाट सचेतना जगाउन आफूहरु गम्भीर रहेको वहाँले बताउनुभयो । कोरियामा असहज परिस्थितीरहेपनि कोरियामा आत्तिनु नपर्ने , यहाँको लागि कोरियन सरकारले पनि विशेष ध्यान दिने हुँदा नेपालमा रहेका आफन्तले पनि चिन्ता नगर्न बास्तोलाले अनुरोध गर्नुभयो। कोरियन सरकारले दिएको उच्च शतर्कता घोषणा गरेर लागेको हुदा उनीहरु नियमति दिने सूचना पालना गर्ने तर आत्तिनु नपर्ने र सचेतता भने अपनाउनु पर्ने बताउनुभयो । यस अघि कोरियाले केही अन्य भिसामा रहेकालाई ५० दिन थप्ने समेत निर्णय गरेको थियो । कोरियामा पछिल्लो दिन थेगु र अन्य क्षेत्रमा पनि सक्रमित बढदै गएको छ ।

Facebook Comments Box