प्रणयले भरिएको मुटु(कविता)

साहित्य

– प्रकृति कडेल

रहरहरू लहर जस्तै
आउछन
बोकेर ल्याउछन्
प्रेमको तरङ्ग
तिम्रो सुखद आगमनले
छाउछ मनमा गुलाफी मुस्कान

ए गुलाफ !
ए प्रेम !
भन
तिमी जस्तै गुलाफी सौन्दर्यले
कहिले दिन्छौं मलाई अतुलनीय प्रेम

प्रेमको सरोवरमा
आऊ सगै पौडौं र टिपौं
एक एक थुङ्गा रातो कमल
सजाउ हामी हाम्रो प्रेमको बगैंचा
नाचौं हातमा हात समातेर
कुममा कुम जोडेर
साटौ प्रेमले परिपुर्ण मुटु ।

Facebook Comments Box