आमा(कविता)

साहित्य

-प्रकृति कडेल

—आमा!—

आमा! तिम्रो माया नै मेरो संसार!
तिम्रो स्नेहले नै दिन्छ सधैं अपार!!
तिम्रो सुमधुर बोली मेरो अनन्त शक्ति !
तिम्रो ज्ञानमा छ मेरो सम्पूर्ण भक्ति !!

तिम्रो गालीमा छ मेरो सम्पूर्ण प्रगति!
तिम्रो मुस्कानमा हुन्छ मेरो उन्नति !!
तिमी बिना मेरो यो संसारै चल्दैन !
तिम्रो आशिर्बाद बिना मेरो चुलो बल्दैन !!

तिमी विना मेरो स्वास प्रश्वास कहाँ चल्न सक्छ ?
तिमी विना ज्ञानको
ज्योति कहाँ बल्न सक्छ ? आमा !तिमी जहाँ भए पनि म त तिम्रै अंश हूँ !
तिमी विना त म शून्य मात्रै पो हूँ !!

 

Facebook Comments Box