Dear मृत्यु !(कविता)

साहित्य

-प्रकाश श्रेष्ठ

Dear मृत्यु !
तिमी आयौ
मेरो कुनै गुनासो छैन
तर, मेरो अनुरोध छ
केही समय अझै पर्ख
बरु म संगै हिड
जाउँ भेट्न लाई
एक ………
मसुर गायक
मूर्धन्य चित्रकार
लोकप्रिय गजलकार
बरिस्ठ डाक्टर
ख्यातिप्राप्त ईन्जिनियर
प्रसिद्ध पत्रकार ।

त्यो गायक जसलाई मैले
उनको यादहरुको गीत गाउन लगाएकोछु
त्यो चित्रकार जसलाई मैले
उनलाई गरेको चोखो मायाको चित्र कोर्न लगाएकोछु
त्यो गजलकार जसलाई मैले
उनको बयान पुग्नेगरी गजल लेख्न लगाएकोछु
त्यो डाक्टर जसलाई मेरो
मानसपटलमा भएकी उनको CT scan गर्न लगाएकोछु
त्यो ईन्जिनियर जसलाई मैले
उनकालागी देखेको सपनाको महलको design गर्न
लगाएकोछु
त्यो पत्रकार जसलाई मैले
उनलाई पाउन गरेको ठुला ठुला आन्दोलनको कथा छाप्न लगाएकोछु।।

Dear मृत्यु ! मलाई जान्न मन छ
त्यो गीतको सङ्गीत ,भाका र लय कस्तो सुनियो होला
त्यो चित्रको आकृति प्रेमिल भयो कि भएन होला
उनको बयान पुग्नेगरी गजल कोरियो कि कोरिएन होला
CT scan गर्दा उनको यादको रिपोर्ट कस्तो आयो होला
उनको लागि सपनाको महल कत्ति तलाको भयो होला
पत्रकारले मेरो त्यागको कथा कति पृष्ठमा छाप्यो होला ।।।

Dear मृत्यु ! अझै थोरै फुर्सद छ भने
ति मन्दिर ,गुम्बा , चर्च र मस्जिदहरुमा जाउँ जहाँ मैले
उनको स्वास्थ,प्रगति र भबिस्यको लागि प्राथाना गरेकोछु
पुजा गरेको छु, भाकल गरेको छु,कामना गरेकोछु ।।।।

Dear मृत्यु ! मलाई थाहा पाउन मन छ
मेरो प्राथाना ,पुजा,भाकल र कामनाको खबर के छ होला
मन्दिरको घण्टीहरुमा तुर्लुङ्ग झुन्डिरहेको पो ! छ कि!
या,गुम्बाको प्रवेश द्वार देखिनै असरल्ल छरिएको छ कि!
या,चर्चमा बलिरहने candle को धुवाँ सङ्गै उढिगयो कि!
या,मस्जिदमा बाधिने मनोकामनाको धागो संगै बाधिरहेको पो छ कि! ।।।।।।

Dear मृत्यु !
अब त तिमिलाई कौतोहल पक्कै लाग्यो होला
उनको नाम के होला? भनेर !
उनी अग्लो- होचो ,मोटो – पात्लो कस्तो छिन भनेर !
केस घुम्रि परेको वा सिल्की कस्तो छ होला ? भनेर!
मुस्कुराउदा गालामा डिम्पल र रिसाउदा आँखा रातो हुन्छ कि हुदैन होला ? भनेर
उनको आवाज सुरिलो छ कि तीखो छ होला? भनेर ।।।।।।।

Dear मृत्यु ! तिमी सोध्छौ भने म अवस्य भन्नेछु
उनलाई म मायालु शब्दमा
कहिले मेरो देशको प्रिय शान्ति भनेर बोलाउछु
त ,कहिले हराएको प्रिय खुशी भनेर
कहिलेकाहीँ प्रिय प्रगति भनेर बोलाउछु
त, कहिले प्रिय बिकास र समृद्धि भनेर ।।।।।।।

Dear मृत्यु ! अब तिमी थाक्यौ भने,
मलाई एकछिन जान देउ
म मेरो प्रियसीलाई अन्तिम पटक भेटेर आउछु
अहिलेसम्म भन्न नसकेको कुरा भनेर आउँछु
देखाउन नसकेको माया बिस्कुन लगाएर आउँछु
साष्टाङ्ग प्रणाम गरेर आउँछु पुजनिय बुवा ममिलाई
र भन्नेछु बुढेसकालको लठ्ठी बन्न सकिन भनेर
अनि भेट्नेछु मेरा आदरणीय गुरुजनहरुलाई
र कृतज्ञ हुनेछु उहाँहरुले दिनुभएको शिक्षा र सस्कार प्रति
अनि भेट्नेछु मेरा ति सबै हितैसी साथीहरुलाई
जसले मेरो बाल्यकाल र युवा अवस्था
कत्ति रमाइलो , रोमान्चित र प्रिय बनाईदिए
अनि सोधेर आउँछु हालखबर छिमेकी र आफन्तहरुको
………. ढकढक ढकढक ढोकामा कसैले गर्दैथियो !
झसङ्ग मन आत्तियो ! मृत्यु ले पो हो कि भनेर!
तर ममिले पो रहेछ ” उठ्नेबेला भएन ६ बजि सक्यो ”
एक जोर आँखाको ढकनी उगृयो र भित्ताको घडीमा पर्यो
साच्चिकै ६ बजेछ ! अनुहार र जिउ पसिनाले भिजेछ
…………उँठे फ्रेस भएँ र लेख्न बसेँ “Dear मृत्यु !”

 

प्रकाश श्रेष्ठ , ठेगान : अर्जुनधारा न पा – ४ ,झापा ,सम्पर्क न ९८४२७८६८६३ ,तोङ्ग ईल मो दो संघ नेपाल (मार्सल आर्ट्स ) को राष्ट्रिय अध्यक्ष तथा + २ प्राध्यापक श्री ज्योति उच्च माबी ,सु न पा १३ ईलाम ।

Facebook Comments Box