घाम ओझेल परेको छ,
रात परेको छैन ।
जिउन धेरै बाँकी छ,
घात गरेको छैन ।
हाँस्न मात्र खोजेर हुन्न रैछ,
फूलहरु झरेको छैन ।
वाचा निभाउन बाँकी छ,
आँखा तरेको छैन ।
तिमीमै हराउनु मज्जा अर्कै रैछ,
यादले घेरेको छैन ।
मिलन हुन मात्रै बाँकी छ,
झुट गरेको छैन
चन्द्रागिरि–१, दहचोक ।
Facebook Comments Box