साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ आज सार्वजनिक गरिएको छ । ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको सो कृति पाँच सय पृष्ठको रहेको छ ।
सौन्दर्यचिन्तक मोहन वैद्य, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईँ, कवि तथा समालोचकद्वय डा अमर गिरी र डा विन्दु शर्माले संयुक्तरूपमा सो कृति सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक वैद्यले शान्ति र बुद्धको देश भन्दै आएकामा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरिएको बताउनुभयो ।
सौन्दर्यचिन्तक चापागाईँले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकामा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकाले यस कृतिको महत्व बढी भएको बताउनुभयो ।
Facebook Comments Box