भजन

साहित्य
सनत गिरी ‘गाउँले’

यो संसारमा सबैभन्दा शिवको गुण
संसारभर फैलिरहोस् डमरुको धुन ।
तिमी धर्मपालक, तिमी हाम्रो दाता
तिमीमै संसार अडेको छ, तिमी हौ भ्राता
यहाँ त्यहाँ, वरपर सबै ठाउँमा तिमी
सबैलाई हेरिबस्ने मन्दिरमा तिमी
भक्तलाई वरदान दिने शिवजीको गुण
संसारभर फैलिरहोस् डमरुको धुन ।

तिमी हौ घट्घटवासी देवताको देवता
तिम्रो नजरमा संसार अडेको छ, तिमी होइनऊ एउटा
तिमी हौ नागमाला लगाएर बस्ने
तिम्रो एक इशारामा यो संसार चल्ने
सेवकलाई सम्झि हिड्ने शिवजीको गुण
संसारभर फैलिरहोस् डमरुको धुन ।

Facebook Comments Box