अझै पनि विगतमा अल्झन्छु घरीघरी

साहित्य

अझै पनि विगतमा अल्झन्छु घरीघरी
कोल्टे फेर्दै अधेरीमा छल्कन्छु घरीघरी
अझपनि विगतमा अल्झन्छु घरीघरी

समयसंगै फुलेका सपनाहरु, समयसंगै हराए
मलमबिनाका घाउहरु सधैं सधैं चराए
यादको दन्को बल्दा सल्कन्छु घरीघरी
कोल्टे फेर्दै अधेरीमा छल्कन्छु घरीघरी

बगर भयो जिन्दगी, किनार भेट्न नसक्ने
आशै आशमा तिर्खा मेट्न नसक्ने
पुराना घाउहरुसंगै बल्झन्छु घरीघरी
कोल्टे फेर्दै अधेरीमा छल्कन्छु घरीघरी

प्रीती कौर

Facebook Comments Box