पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको ‘तन्त्र और मन्त्र विज्ञान’ सार्वजनिक

साहित्य

काठमाडौँ, १ माघः पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले लेख्नुभएको ‘तन्त्र और मन्त्र विज्ञान’ आज विमोचन गरिएको छ ।

सदस्य सचिव थापाले यसअघि नेपाली भाषामा लेख्नुभएको ‘मन्त्र विज्ञान’ र ‘तन्त्र विज्ञान’ लाई समेटेर हिन्दी भाषामा प्रकाशन गरिएको उक्त पुस्तक आज भारतको मुम्बईस्थित अँधेरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

श्री १००८ कालीबाबालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमका वक्ताले यस्ता पुस्तकले मन्त्रका माध्यमबाट साधना गर्न चाहनेलाई सहयोग मिल्ने बताउनुभयो ।
यस पुस्तकको हिन्दी अनुवाद प्रेमकुमार न्यौपानेले गर्नुभएको हो ।

सदस्य सचिव थापाले आज सोही स्थानमा दशमहाविद्या विष्णु सहस्र कोटीहोम महायज्ञ पनि आयोजना गर्नुभएको थियो ।

Facebook Comments Box