सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा सम्मान कायस्थलाई

साहित्य

भक्तपुर, ६ माघ : यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट भक्तपुरका वरिष्ठ लेखक, संस्कृतिविद् एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा तिलकप्रकाश कायस्थलाई सम्मान गरिने भएको छ ।

सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार नेपालभाषा मंका खल यलःद्वारा स्थापना गरिएको उक्त पुरस्कार नेपालभाषा साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएका भक्तपुरका साहित्यसेवी कायस्थलाई प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार समितिको बैठकले गरेको उक्त निर्णय अनुसार कायस्थलाई उक्त परस्कार एवं सम्मान यही माघ १७ गते नेपालभाषा मंका खल यलःको वार्षिक साधारणसभामा प्रदान गरिने समितिले जनाएको छ । विसं १९९२ पुसमा भक्तपुरको खौमा टोलमा जन्मिनुभएका कायस्थले लेख्नुभएका योमरी (धापु मुना), धनमाया (लघुखण्ड काव्य), यौनज्ञान मनोविज्ञान, नुगः जः (निबन्ध मुना), ख्वबी झसुकाः (शोककाव्य), वयागु हाथ्या (कथा संग्रह) र परिवार नियोजक के, किन कसरी ? प्रकाशित छन् ।

त्यस्तै उहाँको यौनज्ञान मनोविज्ञान, शारदा (शोककाव्य), लक्ष्मण रेखा (निबन्ध संग्रह), उत्सर्ग (कविता मुना), कमला, वीर ग्रन्थ लगायतका कृति प्रकाशित छन् ।

Facebook Comments Box