जनकपुर साहित्य महोत्सवबाट संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास

साहित्य

महेन्द्रनगर (धनुषा), २४ माघ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जनकपुर साहित्य महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महोत्सवको छैटौँ संस्करणको उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले साहित्यिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै वर्तमान युगमा साहित्य र कलालाई जीवन्त राख्न चुनौती भएको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “प्रतिभा र सिर्जनशीलताको मूल्याङ्कन शैक्षिक प्रमाणपत्रमा मात्र निर्भर हुँदैन ।” उहाँले जनकपुर साहित्य महोत्सव जस्तो सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments Box