व्यबस्थाको विकल्प खोज्ने बेला भएको छैन : अध्यक्ष ढकाल

मुख्य समाचार समाचार

कामदार दैनिक 
२६ मंसिर, काभ्रे ।

परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताउनु भयको छ।

बनेपामा परिवार दल काभ्रे द्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउदै वर्तमान संविधानको परिधि भित्रै बाट समुन्नत नेपाल निर्माण सम्भब भयको जिकिर गर्नु भयो। नेपालमा अब पुरानो र नयाँ विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नयाँ बिचारले नै विजय हासिल गर्ने भन्दै राष्ट्रको तिब्र विकास गर्न नयाँ नेतृत्वको आबस्यकता रहेको पनि जिकिर गर्नु भयो।

पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले बैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र” हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भविष्यमा सुशासन र विकास पाउने बताए। कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, काशिनाथ खनाल, लक्ष्मी भण्डारी, नबिन बजगाईं, सुनिल खड्का सहभागी थिए। कार्यक्रमको संयोजन परिवार दल काभ्रेका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए।

Facebook Comments Box