नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मङ्सिर ४–५ गते काठमाडौँमा

मुख्य समाचार समाचार

अशोक खड्का

काठमाडौं।

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाको छ। “सबैखाले विभेदको अन्त्य गरौँ: सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ दलको राष्ट्रिय महाधिवेशन यहि २०७८ साल मङ्सिर ४–५ गते काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले अध्यक्षता हुनगईरहेको दलका महामन्त्री बिनोद डागीँले बताए।

 

कोभिड १९ को संक्रमणलाई ध्यान दिदै पूर्ण स्वास्थ्य मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिबेसन सम्पन गरिने साथै परिवार दलले केन्द्र र प्रदेशको समिति १०१ सदस्यीय हुने, संबिधान बमोजिम समाबेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिच्चित गरिने र युबाहरुलाई पार्टीमा बिशेष स्थान दिइने दलका प्रवक्ता सन्तोष कुमार पौडेलले बताए।

 

 

छमहाधिवेशनवाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष समेत १०१ कार्यसमिति निर्बाचित हुनेछन्। नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्य ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् । बाँकीले अनलाइन मार्फत सहभागिता जनाउने छन् । महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका बिभिन्न मित्र राष्ट्रका अतिथि पनि सहभागी हुनेछन । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना दिनेछन्। । महाधिबेसनमा निर्बाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दललाई पनि आमन्त्रण गरिएको छ भने महाधिबेशन सफलताको लागि विभिन्न १५ समिति हरु गठन गरिएका छन् ।

 

 

परिवार दलको भात्रु संगठन पिस फोर्सका २०० युवाहरुले महाधिबेशनमा स्वमसेबकको काम गर्नेछन् । विभिन्न ४ राष्ट्रिय टेलिभिजन द्वारा लाइभ गरिनेछ । पत्रकारको लागि प्रवेश पास उपलब्ध गरिने छ । महाधिबेसनको उद्धाटन सत्रमा नेपालको बिबिधता झल्कने विभिन्न सास्कृतिक प्रस्तुति पनि हुनेछ । महाधिबेशनमा १५०० जनाको लागि सिटको ब्यबस्था गरिएको छ । आमन्त्रित पाहुनाको लागि प्रज्ञा भवनमा हल्का नास्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र र बन्द सत्र प्रज्ञा भबन कमलादीमा र घोषणा सभा क्राउन प्याजा होटल नक्सालमा हुने कार्यकम रहेेेेेको छ।

अधिकाँस कार्यकर्ता र शुभेच्छुकहरु आ–आफ्नो सास्कृतिक पहिरनमा आउनछन् । महाधिबेशन प्रतिनिधिको बासको लागि काठमाडौँमा १५ वटा होटेल बुकिङ्ग गरिएको छ । महाधिबेशनको खर्च २५००० क्रियाशील सदस्यको शुल्क, सुभेच्छुकहरुले स्वबिबेकले दिने सहयोग, प्रतिनिधिको दर्ता शुल्कको साथै प्रत्यक केन्द्रिय सदस्यले न्युनतम ५००० का दरले दिने सहयोग र निर्बाचनमा केन्द्रिय समितिका उम्मेदवारले तिर्ने मनोनोयन शुल्क (रु२००० देखि २५,०००सम्म) मार्फत संकलन गरिनेछ । तेश्रो राष्ट्रिय महाधिबेशनको सफलताको लागि अनुमानित पचास लाख रुपैया सहयोग संकलन गर्ने योजना राष्ट्रिय तयारी समितिको छ । महाधिबेशनको सफलताको कामना गदै मङसिर ३ गते माईतघर देखि नयाँ बानेश्वर सम्म शान्ति र्याली निकालिने छ ।

 

महाधिबेसनबाट प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गर्ने तयारी गरेको छ । थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसन बाट पारित गराउने तयारी गरेको छ।

 

कामदार दैनिक परिवार नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन सफलताको हार्दिक कामना गर्दछ।

Facebook Comments Box