विवाह व्रतबन्धमा  पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित हुन पाउने

प्रशासन मुख्य समाचार समाचार

काठमाडौं। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ। जसमा पहिलाका केही आदेशहरु संशोधन समेत गरिएको छ।

यसअघिको आदेशमा विवाह, व्रतबन्ध, न्वारन, पास्न जस्ता धार्मिक, सांस्कृतिक कार्यमा पचास जनाको उपस्थितिमा गर्न सकिने उल्लेख थियो।

यसरी कार्यक्रम गर्दा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिएर बढीमा ५० जनालाई सहभागी गराउनुपर्ने उल्लेख थियो। आजको आदेशमा भने यस्ता कार्यक्रममा सहभागी हुन पाउनेको संख्या ५० बाट २० पुर्‍याइएको छ।

अब पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित रहने गरी यस्तो कार्यक्रम गर्न पाइनेछ। यो आदेश लागू हुनु अघि जारी स्वीकृतिमा पनि यही नियम लागू हुने प्रशासनले जानएको छ।

यस्तै, प्रशासनको नयाँ आदेशअनुसार अबदेखि सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट लगायत सबै प्रकारका पसल तथा व्यापारिक कम्प्लेक्समा एकपटकमा बढीमा २० जना मात्र उपस्थित हुन सक्नेछन्।

Facebook Comments Box