मुख्यमन्त्री राईले गरे सवारी दुर्घटनाप्रति दुःख व्यक्त

मुख्य समाचार समाचार

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–६ सातघुम्ती भन्ने स्थानमा भएको सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज जारी भएको विज्ञप्तिमा मुख्यमन्त्री राईले घटनास्थलमा १४ जना र एक जनाको उपचारका क्रममा मृत्यु भएको खबरले स्तब्ध भएको भन्दै दुःखद् घटनामा दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबाहक बस आज दुर्घटना भएको थियो । घटनामा १५ जनाको ज्यान गएको विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments Box