काठमाडौँ, ९ पुस : यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ ।
गृृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा मनाउने निर्णय गरेको हो ।
आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको राषिट्रय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिति थियो ।
बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रमहरू आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक सङ्घसंस्थाहरूलाई आग्रह पनि गरेको छ ।