सन्तोष खड्का
कामदार दैनिक
संसारलाइ त्रसित बनाउन सफल कोरोना महामारिको प्रकोप कतै घटदै अनि कतै बढदै गइरहेको अबस्थामा अग्रणी सँस्था प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डयालासमा एकै दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुइ राज्यमा भएको रक्तदान मध्य न्युयोर्क शहरको उडसाइडस्थित सत्यनारायण मन्दिरमा रगत दिन भनेर उपस्थित १ सय ३७ मध्य ९१ जनालाइ रगत दिन योग्य मानेर वहाँहरुबाट रगत संकलन भएको थियो । न्युयोर्कमा जस्तो धेरैले एकै पटक भेला भएर रक्तदान दिन र संकलन गर्न खुल्ला नभएकोले टेक्सासमा भने १७ जनाको रगत संकलन सम्पन्न भएको छ । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न होस भनेर दुवै तर्फ कार्यक्रमको संयोजन गर्न केन्द्रिय सदस्यहरुलाइ संयोजक तोकिएको थियो , जसमा न्युयोर्कमा सँस्थाका केन्द्रिय सदस्य तथा सक्रिय समाजसेवी कृष्ण आचार्य अनि टेक्सासमा सँस्थाका केन्द्रिय सदस्य , इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष समाजसेवी सुशील क्षेत्रिले संयोजन गर्नु भएको थियो ।
न्युयोर्कको रक्तदानमा सँस्थाका अध्यक्ष टेक गुरुङ , महासचिव शंकर पन्त समेतको उपस्थिति रहेको थियो भने वहाँहरु सहित सँस्थाका अधिकाँशले रक्तदान समेत गर्नु भएको थियो । टेक्सासमा सँस्थाका वरिष्ठ नेता समाजसेवी भिम कार्की , कोषाध्यक्ष युबराज खनाल सहितले रक्तदान गर्नु भएको थियो । दुवै तर्फको रक्तदान कार्यक्रमलाइ एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम बिक्रम भट्टराईले समन्वय गर्ने काम गरेकोमा न्युयोर्कमा वहाँलाइ प्रमुख अतिथिनै बनाइएको थियो ।
न्युयोर्कको कार्यक्रममा न्युयोर्क राज्यकी राज्यसभा सदस्य क्याटलिना क्रुज स्वयँ सहभागी भएर रक्तदाताहरुलाइ धन्यवाद दिनु भएको थियो भने जनसम्पर्क समितिका सभापती आनन्द विष्ट , एनआरएन अमेरिकाका उपाध्यक्ष बिआर लामा , आदिवासी जनजाती महासंघका अध्यक्ष लोकचेम्जोङ्ग, ब्लड डोनर्स एसोसियसन अमेरिकाका अध्यक्ष अर्जुन मैनाली , शेर्पा केंदुंगका अध्यक्ष उर्गेन शेर्पा, लाइन्स क्लव अफ कुइन्स बुद्धका अध्यक्ष लायन अर्जुन गौंडेल, तामाङ्ग संघ अमेरिकाका अध्यक्ष एवं न्युयोर्कका सामाजिक हस्ती लक्यान लामा , ब्लड डोनोर्स अमेरिकाका हस्ती एवं गैरआवासीय नेपाली संघका अग्रज संजिव श्रेष्ठ , शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा , द गुरुडं ( तमु) सोसाइटीका अध्यक्ष विजय गुरुडं , मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना मगर ,युनाईटेड किरात राई अरगनाईजेशन अफ अमेरिका अध्यक्ष मुना राई गुरुङ , एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी सहित पत्रकारहरु आङ्गछिरिङ्ग शेर्पा , अकुर लुइँटेल लगायत थुप्रै सामाजीक व्यक्तित्वहरुले रगत दिनुको अलावा रक्तदान कार्यक्रम आयोजनाको निम्ती प्रवासी नेपाली एकता मंच अमेरिकालाइ धन्यवाद दिनु भएको थियो ।
कार्यक्रम सम्पन्न भैसकेपछि प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरुङ , कार्यक्रम संयोजकहरु कृष्ण आचार्य र सुशील क्षेत्रि सहित सँस्थाका जिम्मेवार पदाधिकारी देखि केन्द्रिय सदस्यहरु समेतले रक्तदाता , स्वयमसेवी देखि सहभागी सबैलाइ आभार प्रकट गर्नु भएको छ । त्यसैगरि १७९ चोटी रक्तदान गर्ने अर्जुन मैनालीले ३३ औं चोटी रक्तदान गर्ने समाजसेवि lions कृष्ण आचार्यलाई world Blood 🩸record awards ले पनि सम्मानित पनि गर्नु भएको थियो ।