कोभिड–१९ महामारीबाट प्रभावित नेपालीलाई सहयोग बितरण

प्रवास समाचार

न्यूयोर्क,

सन्तोष खड्का 

“नेपाली लायंन्स नेटवर्कका संयोजक कृष्ण आचार्यका अनुसार नेपाली लायंन्स क्लबका स्वयंसेवकहरू र टिजु चि फाऊॅंनडेशन का स्वयंसेवकहरूको सक्रिय सहभागितामा संचालित उक्त कार्यक्रमबाट ३०० वटा विभिन्न परिवारहरूले राहत स्वरूप ग्रोसरी, दूध तथा तरकारी र फलफुल प्राप्त गरेका थिए । राहत प्याकेजमा जीपी फ़ाउण्डेशन अमेरिकाले NYC City ध्दारा प्राप्त १६०/- गालेन दूध पनि समावेश गरी बितरण गरिएको थियो ।

उक्त कार्यक्रमले COVID-19 बाट प्रभावित हालसम्मकै बढ़ी नेपालीहरुलाई राहत सामग्री प्रदान गर्न सफल भएको र बितरित खाध्य सामग्री पोषण (Nutrition) को हिसाबले ताज़ा एवं सन्तुलित पोषणयुक्त समेत रहेको नेटवर्कका कार्यक्रम संयोजक अशोक कार्की बताऊँछन् । COVID-19 को बिध्यमान संकट अवस्थामा यसप्रकारको मानवीय सेवा र सहयोग कार्यक्रमले थोरै भएपनी राहत मिलेको भन्दै खाध्यान्न राहत प्राप्त गरेका परिवारहरूले नेपाली लायंन्स क्लबहरूको यसप्रकारको राहत सहयोग निरन्तर संचालन भैरहेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय ब्लड डोनर अर्जुन मैनालीले ब्लड डोनेशनको बारेमा सबैलाई उत्प्रेरीत गरेका थिए भने समाजसेवी हरीशचन्द्र हमाल र लाईन वेनर्टले ग्रोसरी ब्याग उपलब्ध गराउनु भएको थियो उक्त कार्यक्रममै लायन्स नेटवर्कले भावी रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक रक्तदाताको लिष्ट तयार गर्नुका साथै र चालु मतगणना (Census-2020) को जागरणमूलक प्लेकार्ड र पर्चा समेत बितरण गरेको थियो । तीनवटै नेपाली लायन्स क्लब समावेश नेपाली लायन्स क्लब नेटवर्क, न्यूयोर्क र दाता टिजु चि फाऊॅंनडेशन प्रमुख फ्रिमन शु ,संगसंग चेईअग, भिक्कीजीन, लियो येंग नेतृत्वमा २० जना स्वंयमसेवकहरूले सेवा पुर्याऊॅंनु भएको थियो ।लाईन्स क्लब अफ नेटवर्कका २० जना स्वयमसेवकले कार्यक्रम सफल बनाऊँन सहयोग गर्नु भएको थियो
हरेकप्रकारको सहयोगको लागि नेटवर्कले सबैमा हार्दिक आभार ब्यक्त गरेको छ ।

Facebook Comments Box