बेद नाथ आचार्य
सौल, दक्षिण कोरिया
दक्षिण कोरियाजस्तो विकसित देशमा मार्ट अथवा पसलमै गएर सामान किन्नुभन्दा अनलाईनबाट घरमा बसि बसि सामान किन्ने चलन अत्याधिक रहेको छ। अझ कोरोना महामारीका कारण मानिसहरु घरबाहिर निष्कन जोखिम हुने भएपछि अनलाइन सपिङको ट्रेण्ड कोरियामा रहेका विदेशीहरुमा पनि ह्वात्तै बढेको पाइएको छ। खासगरी नेपालीहरुका लागि नेपाली स्वादका खानेकुराहरु अनलाईनमा नपाईने समस्या रहँदै आएको थियो तर अहिले केहि समयअघिबाट मोबपे ‘Mobpay’ नामको कम्पनीले मोबाइल एप्स ल्याएको छ। जसबाट नेपाली स्वादका सबै सामानहरु घरमै बसि बसि किन्न सकिने भएको छ।
अब नेपालीहरुले कोरियामा मार्ट टाढा भएर अथवा काममा धेरै बिजी भएर समय नपाइरहनुभएको छभने चि’न्ता लिन नपर्ने र सम्पूर्ण नेपाली स्वादका सामानहरु अब अन लाईन बाट नै Mobpay नाम गरेको मोबाइल एप्स बाट सम्पूर्ण सामान किन्न सकिने Mobpay का नेपाल प्नमुख के.पि. चौलागाईले बताए।
चौलागाईले बताए अनुसार Mobpay बाट अन्य मार्ट भन्दा सस्तो र सजीलो जिलो सामान किन्न सकिनुको साथै नेपाली भाषामा पनि एप्स भएको हुनाले ग्राहकहरूलाई धेरै राहत हुनेछ। यसैगरी यो एप्स प्रयोग गर्दा पहिलो पटक बोनस को रूपमा २००० कोरियन वन पनि प्राप्त गर्न सकिने समेत बताए।
Mobpayले अहिले नेपाली पर्व होली तथा नेपाली नयां वर्षको अवसर पारेर एउटा ईभेन्ट पनि ल्याएको छ जसमा रंगहरुको पर्व होली तथा नेपाली नयां बर्ष को अवसरमा Mobpay बाट सामान किन्दा बिभिन्न किसिमका आक र्षक उ पहारहरु समेत पाउन सकिनेछ।
होली तथा नेपाली नयाँ बर्षको इभेन्टमा सहभागी हुनेले प्रथम पुरस्कार बापत एकजनाले सामसङ कम्पनीको एस-२० फोन पाउनेछन भने दोश्रो पुरस्कारका रुपमा मोबपेका तर्फबाट ३ जनाले गिफ्ट सेट पाउनेछन्। यो इभेन्टको तेश्रो पु रस्कारका रुपमा ५ जनालाई मानवन का दरमा बोनस दिइनेछ।
होली तथा नयाँ बर्ष इभेन्टमा सहभागी हुनका लागि मार्च ७ देखि ११ तारिखसम्म मोबपेबाट कम्तिमा पनि एक पटक सामान किनेको हुनुपर्दछ। सामान किन्दा न्युनतम ३ मानसम्म किन्नेले मात्र इभेन्टमा सहभागी हुन पाउँदछ। अर्थात ३ मानभन्दा कमको सामान किन्दा यो इभेन्ट सहभागी हुन पाउँदैनन्। साथै यो इभेन्टको नतिजा अप्रिल १४ तारिख नेपाली नयाँ बर्षको दिन कम्पनीको फेसबुक पेजबाट लाईभ प्रसारण गरिने Mobpay ले जनाएको छ।