बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उनी २८ दिनयता अस्पतालमा उपचाररत थिए।
संक्रमण र मुटुको समस्यापछि उनलाई अस्पताल भर्ना गरिएको थियो। एलिजाबेथ र फिलिपबीच ७३ वर्षअघि विवाह भएको थियो। बेलायत राजपरिवारमा महारानी एलिजाबेथका उनी अभिन्न सहयोगी थिए।
‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।
केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।
राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्।
उनीहरूका छोरा प्रीन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए। त्यसपछि उनकी बहिनी राजकुमारी एनी सन् १९५० जन्मेकी थिइन्, द ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र द अर्ल अफ वेसेक्स प्रीन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।
प्रीन्स फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए। उनकी आमा राजकुमारी एलिस लर्ड लुइ माउन्टब्याटन र रानी भिक्टोरियाका पनातिनी थिइन्।